शेयर बजार ३६ अंकले बढ्यो, ४ अर्ब माथिको कारोबार

विदुर खबर २०८० मंसिर २६ गते १६:०९

नुवाकोट । शेयर बजार परिसूचक नेप्से मंगलबार ३६ अंकले बढेको छ ।

Advertisement

आज नेप्से ३६।८६ अंकले बढेर १ हजार ९ सय ८५। ४४ को बिन्दुमा कायम भएको छ । केन्द्रिय बैंकले ब्याजदर घट्ने र कर्जा प्रवाह बढाउने नीति अख्तियार गरेसँगै बजारमा त्यसको प्रभाव देखिएको हो ।

त्यस्तै आज २९७ कम्पनीको ४ अर्ब ४० करोड रुपैयाँल बढीको शेयर किनबेच भएको छ।

Advertisement

मौद्रिक नीतिको समिक्षा सार्वजानिक भएयताको पहिलो कारोबार दिन आइतबार नेप्से १११ अंकले बढेको थियो भो सोमबार १५ अंकको करेक्शन आएको थियो ।

प्रतिक्रिया