चिलिमे हाइड्रोपावरले १५ प्रतिशत लाभान्स दिने
विदुर खबर
२०८० मंसिर २४ गते १०:२७
नुवाकोट । चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव सहित साधारण सभा बोलाएको छ।
कम्पनीले १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरी पुस २० गते शुक्रबार २७ औँ वार्षिक साधारण सभा बोलाएको छ। कम्पनीले वितरण गर्ने लाभांशमध्ये १० प्रतिशत बोनस शेयर रहेको छ भने ५ प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) रहेको छ।
मंसिर २२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।
साधारण सभा प्रयोजनार्थ कम्पनीले पुस ८ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार पुस ५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













बागमती प्रदेशको बजेट खर्च निराशाजनक
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ
माथिल्लो महभीर जाने सडकको ट्रयाक संचालनमा
प्रहरी प्रवक्तामा प्रहरी नायव महानिरीक्षक काफ्ले
नागढुङ्गाबाट लागुऔषधसहित एक जना पक्राउ





प्रतिक्रिया