धादिङमा धारिलो हतियार प्रयोग गरी श्रीमतीको हत्या
विदुर खबर
२०८० मंसिर १८ गते २०:५१

नुवाकोट । धारिलो हतियार प्रयोग गरी श्रीमतीको हत्या अभियोगमा प्रहरीले धादिङको धुनीबेँसी नगरपालिका–४ जीवनपुरका २७ वर्षीय रामचन्द्र बयलकोटीलाई पक्राउ गरेको छ।
धुनीबेँसी नगरपालिका–१ डुम्रेचौरस्थित आफ्नै २० वर्षीया श्रीमती पवित्रा बयलकोटीलाई धारिलो हतियार प्रयोग गरी मंसिर १७ गते बयलकोटीले हत्या गरेका थिए। हत्या गरी फरार रहेका बयलकोटीलाई १७ गते राति नै पक्राउ गरिएको प्रहरीको भनाइ छ।
घोप्टो अवस्थामा रहेकी मृतक पवित्राको शव घाँटीलगायत शरीरका विभिन्न भागमा चोटपटक र रग्ताम्मे अवस्थामा भेटिएको थियो। बयलकोटी र मृतक पवित्राबीच करिब ६ वर्षअघि विवाह भएको थियो।
विवाहपश्चात् लामो समय वैदेशिक रोजगारीमा रहेका बयलकोटी दम्पतीबीच त्यति वेलैदेखि मनमुटाव रहेको प्रारम्भिक अध्ययनबाट खुलेको छ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












महिलाहरुलाई जीविकोपार्जनको लागि तालिमसहित निशुल्क कुखुराको चल्ला वितरण
नौबिसे–धार्के सडकखण्ड पिच भयो
रास्वपा बागमती प्रदेश सभापतिमा अर्याल निर्वाचित
‘आइएम जितबहादुर’ प्रचारको लागि जितु नेपाल नुवाकोट आए
नुवाकोटमा झुन्डिएको अवस्थामा फेला परेकी सशस्त्र प्रहरीकी जवानकाे मृत्यु





प्रतिक्रिया