पेट्रोल र डिजेलको मूल्य घट्यो
विदुर खबर
२०८० मंसिर १४ गते २१:५५
नुवाकोट । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । बिहीबर मध्यराति १ बजेदेखि लागू हुने गरी डिजेल, मट्टितेल र पेट्रेलको मूल्य घटाएको हो ।
पेट्रोलमा प्रति लिटर २ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रति लिटर ४ रुपैयाँ मुल्य घटेको छ । एलपी ग्यासको मूल्य भने यथावत छ ।
नयाँ मूल्यअनुसार चार आली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज डिपोको १५ किलोमिटर क्षेत्रमा पेट्रोलको १६७ रुपैयाँ ५० पैसा पर्नेछ । सुर्खेत र दाङ क्षेत्रमा १६९ रुपैयाँ तथा काठमाडौं, पोखरा र दिपालय डिपोको १५ किलोमिटर क्षेत्रमा एक लिटर पेट्रोलका लागि १७० रुपैयाँ पर्ने छ ।
डिजेल र मट्टितेल भने क्रमशः १५७ रुपैयाँ ५० पैसा, १५९ रुपैयाँ र १६० रुपैयाँ पर्नेछ ।
एलपी ग्यासको मुख्य देशभर प्रति सिलिण्डर १८९५ रुपैयाँ नै कायम रहेको निगमले जनाएको छ ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












कालिन्चोक हाइड्रोपावरको आईपीओ बाँडफाँट
आज वैशाख कृष्ण औँसी, आमाको मुख हेर्ने दिन
नुवाकोटको दुप्चेश्वरमा वैशाख १८ गते ग्लानको राष्ट्रिय सम्मेलन हुने
हेटौंडामा घरमै पुगेर दिइयो राहदानी
प्रधानमन्त्रीलाई मुख्यमन्त्री बानियाँको सुझाव, गाँजा खुला गरौं





प्रतिक्रिया