ढिकुरेको लिखु बगरमा खेलकुद तथा सांस्कृतिक महोत्सव हुने
नुवाकोट । नुवाकोट जिल्लाको लिखु गाउँपालिका वडा १ ढिकुरेको लिखु बगरमा यही मङ्सिर २८ गते बिहीबारदेखि नुवाकोट खेलकुद तथा सांस्कृतिक महोत्सव हुने भएको छ ।
जिल्लामा पहिलोपटक खेलकुद तथा सांस्कृतिक महोत्सव हुन लागेको हो । लिखु गाउँपालिकाको विशेष सहयोगमा नुवाकोट तेक्वान्दो डोजाङ, ढिकुरे युवा क्लब र पिप्ले युवा समाज आयोजक रहेको महोत्सवको आवश्यक तयारी तीव्र रूपमा भइरहेको छ ।
महोत्सवका लागि जिल्ला प्रशासन कार्यालय नुवाकोटले मंगलबार अनुमति दिएपछि महोत्सवको तयारीमा आयोजक संस्था दिनरात नभनी खटिरहेका छन् । स्थानीय उत्पादन, स्थानीय पहिचान जिल्लाको उत्पादनमा योगदान पुग्ने खालको प्रवद्र्धनात्मक कार्यक्रमसहित खेलकुद प्रतियोगिता र सांस्कृतिक कार्यक्रम गरिने आयोजकले जानकारी दिएको छ ।
महोत्सवमा दुई सयवटा व्यावसायिक स्टल र ५० वटा स्थानीय उत्पादन तथा प्रवद्र्धनात्मक स्टल रहने जानकारी आयोजकले दिएको छ । महोत्सवमा सबै विधाको खेलकुदको प्रतियोगिता गरिने र उत्कृष्टलाई आकर्षक नगद पुरस्कारसहित सिल्ड, ट्रफीको व्यवस्था गरिएकाले जिल्लामा विगतमा भएका महोत्सवभन्दा फरक र नाफारहित हुने जानकारी आयोजकले गराएको छ ।
महोत्सवमा राष्ट्रिय र स्थानीयस्तरका लोकदोहोरीका कलाकारको बेजोड प्रस्तुतिसहित स्थानीय कलाकारबीच लोकदोहोरी गीत प्रतियोगिता हुनेसमेत बताइएको छ । महोत्सव पुस १० गतेसम्म सञ्चालन हुनेछ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया