राष्ट्रियसभाको उपनिर्वाचन आगामी माघ ११ गते गर्न सुझाव
नुवाकोट । निर्वाचन आयोगले राष्ट्रियसभाको उपनिर्वाचन आगामी माघ ११ गते गर्न सुझाव दिएको छ । राष्ट्रियसभाका २० जना सांसदहरूको पदावधि सकिन लागेकाले आयोगले सरकारसमक्ष उक्त सुझाव दिएको हो ।
आयोगका सम्पूर्ण पदाधिकारीले बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटी सो सुझाव दिएका हुन् । प्रधानमन्त्री प्रचण्डले आयोगले परामर्श दिएकै मितिमा निर्वाचन गर्ने गरी निर्णय हुने आश्वासन दिनुभएको छ । यसअघि निर्वाचनको आवश्यक तयारी र निर्वाचन परिणाम प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गर्नुपर्ने समय समेतलाई मध्यनजर गरी आगामी माघ महिनाको ११ गते बिहीबारका दिन निर्वाचन गर्ने गरी मिति तोक्न आयोगले सुझाव दिएको हो ।
कार्यकाल सकिनुभन्दा ३५ दिनअघि राष्ट्रियसभा निर्वाचन सम्पन्न गरिसक्नुपर्ने संवैधानिक प्रावधान रहेको छ । उक्त ऐनबमोजिम निर्वाचन आयोगको परामर्शमा नेपाल सरकारले मिति तोक्ने व्यवस्थाबमोजिम कम्तीमा २०८० माघ १५ गतेसम्म रिक्त सदस्यको पद पूर्तिका लागि निर्वाचन सम्पन्न गर्नुपर्ने हुन्छ ।
आयोगले राष्ट्रियसभामा प्रत्येक दुई वर्षमा रिक्त हुन आउने एक तिहाइ सदस्य पदहरूको निर्वाचन गर्दै आएको छ । नेपालको संविधानको धारा ८६ को उपधारा (३) बमोजिम प्रत्येक दुई वर्षमा रिक्त हुने एक तिहाइ (नेपाल सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत सदस्य १ र निर्वाचित सदस्य १९ जना) सदस्यको यही फाल्गुणमा पदावधि समाप्त हुने भएको छ । २०७४ मा निर्वाचित भई गोलाप्रथाबाट ६ वर्षे पदावधि प्राप्त गरेका राष्ट्रिय सभा सदस्यको कार्यकाल सकिन लागेको हो ।
पदावधि सकिने राष्ट्रिय सभा सदस्यहरूको सूची संघीय संसद्ले प्रकाशित गरिसकेको छ । नेपाली कांग्रेसका मुख्य सचेतक अनिता देवकोटा, संसदीय दलका नेता रमेशजंग रायमाझी, दिगो विकास तथा सुशासन समिति सभापति प्रकाश पन्थ र जितेन्द्रनारायण देव रहनुभएको छ ।
त्यस्तै, नेकपा (एमाले) का प्रमुख सचेतक भैरवसुन्दर श्रेष्ठ, इन्दु कडरिया, खिमलाल भट्टराई, दीपा गुरुङ, राष्ट्रिय सरोकार तथा समन्वय समिति सभापति दिलकुमारी रावल थापा (पार्वती), नरपति लुवार, रामचन्द्र राई र राष्ट्रपतिबाट मनोनीत विमला राई पौड्यालको पदावधि पनि चार महिनापछि सकिँदै छ ।
पदावधि सकिनेहरूको लर्कोमा माओवादीका बिना पोखरेल, महेशकुमार महरा र हरिराम चौधरी, एकीकृत समाजवादीका नन्दा चपाईं र सिंगबहादुर विश्वकर्मा, जनता समाजवादी पार्टीका (जसपा)का सांसद् एवं शिक्षा राज्यमन्त्री प्रमिलाकुमारी यादव र स्वतन्त्र सांसद् खिमलाल देवकोटा पनि रहनुभएको छ ।
मिति तोकिसकेपछि आयोगले निर्वाचन कार्यतालिका प्रकाशित गर्ने छ । राष्ट्रिय सभाका उपनिर्वाचनमा प्रदेश सभा सदस्य ५ सय ३२ तथा गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष एवम् नगरपालिकाका प्रमुख तथा उपप्रमुखहरू १ हजार ४ सय ९३ गरी जम्मा २ हजार २५ जना मतदाता रहेका छन् । यसैबीच आयोगले बुधबार प्रदेशसभा सदस्यको मतभार ५३ कायम गरेको छ । यसअघि एकजना प्रदेशसभा सदस्यको मत ४८ मानिन्थ्यो ।
त्यस्तै, मेयर–उपमेयर तथा गाउ“पालिका अध्यक्ष र उपाध्यक्षको मतभार १९ कायम भएको छ । यसअघि स्थानीय तहका जनप्रतिनिधिको मतभार १८ थियो । राष्ट्रिय तथ्यांक कार्यालयलाई आयोगले गरेको पत्रचारपछि आयोगले उपलब्ध गराएको जनसांख्यिक विवरणअनुसार मतभार फेरिएको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले बताउनुभयो ।
सत्ता गठबन्धनको सरकार कायमै रहेको आधारमा राष्ट्रियसभाको यसपटकको उपनिर्वाचनमा पनि सत्ता गठबन्धन र नेकपा (एमाले)काबीच मुख्य प्रतिस्पर्धा हुने अत्यधिक सम्भावना रहेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













प्रथम वडास्तरीय मेयर कप फुटवल प्रतियोगिताको तयारी तिव्र
नुवाकोटको बेलकोटगढीमा एक जनाको हत्या,दुई जना पक्राउ
चुनावी तालमेल गर्न ओलीले राखे प्रस्ताव, दाहालले गरे अस्वीकार
निर्वाचनअघि सुरक्षाकर्मीलाई राजीनामा दिन र बिदामा बस्न रोक
किशोरीलाई आइतबारदेखि एचपीभी खोप लगाइने





प्रतिक्रिया