रसुवाको दुर्गम क्षेत्रमा बैंक स्थापना भएपछि स्थानीयवासी हर्षित

विदुर खबर २०७५ असोज ९ गते १५:०२

Advertisement

ज्ञानेन्द्र न्यौपाने रसुवा असोज ९ , रसुवाको दुर्गम क्षेत्रमा बैंक स्थापना भएपछि स्थानीयवासीले रकम बचत गर्न थालेका छन् ।

नौकुण्ड गाउँपालिकाको पारच्याङमा गत भदौ महीनामा जनता बैंकको शाखा कार्यालय स्थापनाभएपछि त्यस भेकका किसानले बैकिंङ कारोबार गर्न थालेको छ । अहिलेसम्म ३०० भन्दा बढी स्थानीयवासीले बैकिङ कारोबारमा संलग्न भएका छन् । असोज महीनाको शुरुदेखि नै दैनिक रुपमा सरदर २०÷२५ जना बैंकमा खाता खोल्न आउने गरेको धुञ्चेस्थित जनता बंैकका प्रमुख ब्रजेश अर्यालले जानकारी दिनुभयो ।  कालीकास्थानबाट १० कोषको दूरी पूर्वमा रहेको पारच्याङमा नौकुण्ड गापाको केन्द्रसमेत रहेको र नेपाल प्रहरीको सुरक्षा चौकीसमेत रहेकाले स्थानीयवासीलाई बैंकिङ सेवा प्रदान गर्न शाखा स्थापना गरिएको जनता बैंकले जनाएको छ ।

Advertisement

पारच्याङमा बैंक स्थापना भएपछि ग्रामीण किसानले बोका, बाख्रा, कुखुरा, हाँस एवं कृषिउपज बिक्रीबाट प्राप्त आयकोे थोर बहुत रकमसमेत बचत गर्न थालेका छन् । बैंक खुलेपछि यार्सा पारच्याङ पाटीखर्क, सरमथली, फाम्चेत, मञ्जुचेत, चिलाउनेगाउँ घिचेतलगायत गाउँका किसान हर्षित भएको समाजसेवी हितबहादुर न्यौपानेले बताउनुभयो । सात÷आठ वर्ष अघि धुञ्चेबाट स्थापना शुरु भएको जनता बैंकले नेपाल चीनबीचको सीमा क्षेत्र टिमुरे र कालिका गापाको कालीकास्थानमा स्थापनासमेत गरी बैंकिङ सेवा प्रदान गरी रहेको बताइएको छ । जनता बैंकको रसुवाको धुञ्चे शाखामा निक्षेप भने रु २९ अर्ब र ऋण लगानी साढे आठ करोड रहेको बैंकका शाखा प्रमुख अर्यालले जानकारी दिनुभयो । चार वटा बैंकमा २५ हजार स्थानीयवासीले बचत खाता खोलिसकेको जनाएको छ ।

रसुवागढी नाकाबाट सामान आयात तीव्र 

Advertisement

दशैँलाई केन्द्रित गरी व्यवसायीले चीनबाट सामान आयातमा तीव्रता दिएका छन् । रसुवा भन्सार कार्यालय टिमुरेका प्रमुख भन्सार अधिकृत गोपाल कोइरालाका अनुसार दशैँलाई केन्द्रित गरी बढी मात्रामा लत्ता कपडा र जुत्ता चप्पल आयात भइरहको छ ।

भन्सार जाँचपासका लागि ५०० भन्दा बढी ट्रक कन्टेनर भन्सार हातामा प्रवेश गरिसकेको, अहिले दैनिकरुपमा ४०÷५० वटा मालबाहक सवारीसाधनको भन्सार जाँच परीक्षण हुने गरेको र चीनबाट आयात भएका सामग्रीको शुल्कबाट आठ दिनको अन्तरालमा रु ६० करोड राजश्व सङ्कलन भइसकेको भन्सार कार्यालयले जनाएको छ । राजमार्ग अवरोध भएका कारण ह्वात्तै घटेको भन्सार शुल्कमा अहिले वृद्धि भएको छ । साउन महीनामा रु २६ करोड, भदौमा रु २९ करोड मात्र असुली भएकोमा असोज महीनामा रु दुई अर्ब राजश्व सङ्कलन गर्ने लक्ष्य रहेको प्रमुख भन्सार अधिकृत कोइरालाले बताउनुभयो ।

सामान लिनका लागि मितेरी पुल रसुवागढीबाट केरुङ जाने आउने ट्रक कन्टेनरको सङ्ख्या दिनानुदिन बढ्दै गएको र सरदर दैनिक डेढ सय मालबाहक सवारीसाधन ओहोरदोहोर भइरहेको ट्राफिक प्रहरी रसुवाले जनाएको छ ।  दशैँका लागि काठमाडाँैका बजारमा चाहिने सामग्रीको अलावा नेपालका विभिन्न भागमा सञ्चालित जलविद्युत् आयोजना, नेपाल टेलिकम र एनसेलको उपकरणसमेत आयात भइरहेको छ । केरुङबाट आएका मालबाहक सवारीसाधन राजमार्गमा समेत लामबद्ध भएकाले पालोअनुसार जाँचपास गर्ने गरेको भन्सार कर्मचारीले बताएका छन् । साउन महीनाको ११ गते रसुवागढी नजीक घट्टेखोला पक्की पुलको क्षति, साउन २३ मा रसुवागढी भिरमा भोटेकोशीले राजमार्गको कट्टान, भदौ १ गते धुञ्चे नजीक त्रिशूली नदी छेउमा गएको दुई पहिरोले राजमार्ग अवरुद्ध हुँदा भन्सार राजश्व प्रभावित भएको थियो ।

 

प्रतिक्रिया