माथिल्लो मैलुङ खोला जलविद्युतको शेयर सुचिकृत

नुवाकोट । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडले निष्काशन गरेको आईपीओ सुचिकृत भएको छ ।
बिहिबार कम्पनीको १ करोड कित्ता शेयर सुचिकृत भएको हो । बिहिबार शेयर सुचिकृत भएसंगै मङ्सिर ४ गते सोमबारबाट कम्पनीको शेयर कारोबार गर्न सकिने छ । सोमबारको स्पेसल प्रि ओपन सेसनमा कम्पनीको पहिलो कारोबार भई मूल्य तय भएपछि नियमित सत्रमा कम्पनीको कारोबार हुने छ ।
नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि ९६.१४ रुपैयाँ देखि २८८.४२ रुपैयाँसम्मको सुरुवाती रेन्ज तोकेको छ । यस सुरुवाती रेन्ज भित्रको जुनसुकै मूल्यमा पहिलो कारोबार हुन सक्ने छ । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि कम्पनीको नेटवर्थको ३ गुणासम्मको मूल्य तय गर्न गरेको छ । कम्पनीको MMKJL सिम्बलबाट कारोबार हुने छ ।
यो सानिमा समूह अन्तर्गतको कम्पनीको हो । कम्पनीले रसुवामा १४.३ मेगावाटको माथिल्लो मैलुङखोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ । आयोजनाले २०९० साउन १५ बाट ब्यापारिक उत्पादन थाल्ने लक्ष्य राखेको छ। आयोजनाको कुल लागत २ अर्ब ५० करोड अनुमान गरिएको छ ।
प्रति मेगावाट लागत भने १७ करोड ४८ लाख अनुमान गरिएको छ । आईपीओ निष्काशनपछि कम्पनीको चुक्ता पुंजी १ अर्ब पुगेको छ ।
प्रतिक्रिया