डेंगु संक्रमित ४० हजार नाघे, मौसम परिवर्तनकै भरमा सरकार
नुवाकोट । काठमाडौं उपत्यकामा मनसुन रोकिएसँगै डेंगुका बिरामी बढ्दै गएका छन् ।
उपत्यकाका अधिकांश अस्पतालमा डेंगुको जटिलताबाट भर्ना हुने बिरामी संख्या दिनप्रतिदिन बढिरहेको छ । डेंगुको संक्रमणको जोखिम केही जिल्लाहरूमा अझै बढ्न सक्ने विज्ञको अनुमान छ । गत वर्ष काठमाडौं उपत्यकामा महामारीको रूप लिएको डेंगु केही दिनयता उपत्यकासहित केही जिल्लामा बढ्दै गएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकले देखाएको छ ।
यो वर्ष सबैभन्दा धेरै डेंगुबाट प्रभावित भएका सुनसरी, झापा, धादिङ, मोरङलगायत जिल्लामा संक्रमणदर घट्दै गएको छ । तर, गोरखा, कास्की, तनहुँ, काठमाडौंमा भने बढ्दै गएको छ ।
महाशाखाको तथ्यांक अनुसार यसवर्ष डेंगु संक्रमण ७६ जिल्लामा देखिसकेको छ । डेंगु एक व्यक्तिबाट अर्को व्यक्तिमा नसर्ने खालको रोग भए पनि यो सरुवा रोगभित्र नै पर्छ । डेंगु संक्रमित व्यक्तिलाई लामखुट्टेले टोकेर सोही लामखुट्टेले अर्को व्यक्तिलाई पनि टोकेमा डेंगुको संक्रमण अर्को व्यक्तिमा पनि हुन्छ ।
विज्ञहरु दसैंको समयमा डेंगु प्रभावित क्षेत्रबाट गाँउघरमा फर्किनेहरु बढी हुँदा डेंगु नफैलिएको क्षेत्रमा पनि डेंगु बढ्सक्ने सरुवा रोग विशेषज्ञ डा. शेर बहादुर पुन बताउँछन् ।
‘स्थानीय ठाउँमा रहेको लामखुट्टे वृद्धि–विकास भइरहेको रहेको ठाउँ बढि जोखिममा हुन्छ’, डा. पुन भन्छन्, ‘भखरै संक्रमित भएका बिरामीको शरीरमा भाइरस रहिरहेको हुन्छ । स्थानीय लामखुट्टेले बिरामीलाई टोक्दा लामखुट्टे पहिला संक्रमित भएर अन्य व्यक्तिलाई संक्रमण गराउन सक्छ ।’
सन् २०२३ सुरु भएदेखि हालसम्म ४० हजार ५३१ जनामा संक्रमण पुष्टि भइसकेको छ । त्यस्तै, संक्रमणका कारण हालसम्म २० जनाले ज्यान गुमाइसकेका छन् । महाशाखाको पछिल्लो तथ्यांक हेर्ने हो भने संक्रमणदर विस्तारै बढेको देखिन्छ । अहिले डेंगु मिल्दा जुल्दा लक्षण लिएर अस्पताल पुग्नेहरूको संख्या कायमै रहेको डा. पुन बताउँछन् । मनसुन सकिएपछि डेंगुको संक्रमण बढ्ने गरेको छ । तर, यसको जोखिम केही समयसम्म रहन्छ । मनसुन सकिए पनि नेपालमा डेंगुको संक्रमण रोकिएको छैन ।
तापक्रम घट्दै जाँदा डेंगुको जोखिम पनि कम हुँदै जाने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तर्गतको किटजन्य शाखा प्रमुख डा. गोकर्ण दाहाल बताउँछन् । तापक्रम घट्दै जाँदा डेंगु जोखिम पनि कम हुँदै जाने उनको भनाइ छ । तर, संक्रमणको जोखिम भने कात्तिक महिनासम्म रहिरहने डा. दाहालले बताए ।
‘डेंगुको जोखिम कात्तिक महिनासम्म हुन्छ । केही ठाउँमा बढ्दै गएको संक्रमण क्लस्टरका रूपमा देखिए पनि प्रकोपको रूप लिन सक्दैन’, डा. दाहलले भने, ‘अहिले केही संक्रमित अस्पताल पुगेको पनि पोहोरजस्तो धेरै छैन । ओपीडीमा बिरामी अस्पताल आएपनि भर्ना गनुपर्ने केस छैन ।’
यसो हुँदा अब डेंगु संक्रमण विस्तारै कम हुँदै जाने उनको बुझाइ छ । ‘चिसो बढ्न थालेपछि यो घट्न सक्छ । तथ्यांकलाई हेर्ने हो भने एक लेभलमा पुगेपछि ह्वात्तै बढेको छैन । र, अब विस्तारै कम हुँदै जाने देखिन्छ,’ डा. दाहालले थपे ।
तर, हरेक वर्ष डेंगु संक्रमण देखिने गरे पनि सरकारले यसका लागि कुनै ठोस कदम भने चाल्न सकेको छैन । हरेक वर्ष देखिने डेंगु संक्रमणबाट वर्षेनि मानिसहरूको मृत्यु हुने गरेको छ ।
देशैभर फैलिएको डेंगुले हजारौं संक्रमित र सयौं मानिसको ज्यान लिइरहँदा पनि सरकार जाडो महिना कहिले आउला र डेंगु प्रकोप सकिएला भनेर चुप लागेर बसेको ईडीसीडीका पूर्वप्रमुख डा. बाबुराम मरासिनी बताउँछन् ।
‘रोग सुरु हुँदाबाट नै त्यसको रोकथाम र नियन्त्रण गर्ने प्रयासमा जाँदा धेरै छिट्टो त्यसको क्षतिलाई न्यूनीकरण गर्न सकिन्छ । तर, त्यसप्रति सरकार गम्भीर नभएको भएन’ डा.मरासिनी भन्छन् ‘प्रत्येक वर्ष डेंगुले यतिको क्षति गरिसक्दा पनि सरकार मुकदर्शक नै भएर बसेको छ ।’
नेपालमा पहिलोपटक सन् २००४ मा नेपालमा एक जनामा मात्रै डेंगु संक्रमण पुष्टि भएको थियो । त्यस्तै, सन् २०२२ मा ५४ हजार सात सय ८४ जनामा संक्रमण पुष्टि भएको थियो । र, संक्रमणकै कारण ८८ जनाको मृत्यु भएको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













नुवाकोटका गुभाजु पुनः नेपाली साझा मञ्च साउदीको अध्यक्ष चयन
आजदेखि सोलु हाइड्रोपावरको आईपीओमा आवेदन दिन सकिने
माघ पहिलो साता मेयर बालेनले राजीनामा दिने
कांग्रेसमा नयाँ नेतृत्व छान्दा पार्टी फुट्ने डर
देशभर पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा हुस्सु





प्रतिक्रिया