सानिमा बैंकको लाभांश पारित
विदुर खबर
२०८० कार्तिक २ गते २१:०२
नुवाकोट । सानिमा बैंकको १९औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
बिहीबार सम्पन्न साधारण सभाले बैंकले प्रस्ताव गरेको लाभांश पारित भएको छ । बैंकले गत आवको नाफाबाट ९ प्रतिशत बोनस सेयर र कर सहित ५.७० प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ ।
बैंकले गत आर्थिक बर्ष २०७९/८० मा २ अर्ब ६१ करोड नाफा आर्जन गरेको थियो । बैंकको कुल सम्पत्ति २ खर्ब १५ अर्ब ६४ करोड रुपैयाँ, कुल निक्षेप १ खर्ब ७८ अर्ब ८५ करोड तथा खुद कर्जा सापटी १ खर्ब ४९ अर्ब ८७ करोड रुपैयाँ रहेको छ ।
असार मसान्त २०८० बैंकको निष्क्रिय कर्जा १.३१ प्रतिशत, पुँजीकोष १४.४२ प्रतिशत, तरलता ३०.०१ प्रतिशत, कर्जा निक्षेप अनुपात (मासिक औसत) ७९ प्रतिशत रहेको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














नुवाकोटमा कांग्रेसको संस्थापनइतर पक्षद्वारा छुट्टै सम्पर्क कार्यालय स्थापना
बट्टारको क्रियापुत्री भवनलाई वाटर फिल्टर ट्याङ्की हस्तान्तरण
विदुरको १८ प्रस्ताव: ‘एक वडा एक स्मार्ट सिटी’ देखि विपद तालिम केन्द्रसम्म जिल्लामा पेश गरिने
अब त्रिशूलीमा लामो र अग्लो मोटरेबल पुल
मुटु भक्कानीने , भोटेकोशी बाढीको त्यो क्षण





प्रतिक्रिया