इजरायलमा मृत्यु भएका नेपाली विद्यार्थीप्रति श्रद्धाञ्जली अर्पण गर्दै नुवाकोटमा दीप प्रज्वलन
नुवाकोट । हमासले इजरायलमा गरेको विशाल आक्रमणमा परी मृत्यु भएका नेपाली विद्यार्थीहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै नुवाकोटमा विभिन्न संघसंस्थाले दीप प्रज्वलन गरेको छ ।
लियो क्लब अफ नुवाकोट क्यापिटल र नेपाल पुर्व प्रहरी संगठन जिल्ला कार्य समिती नुवाकोटले छुट्टाछुट्टै स्थानमा दिप प्रज्वलन गरेको हो ।
लियो क्लब अफ नुवाकोट क्यापिटलले बट्टारको पुरानो बजार र नेपाल पुर्व प्रहरी संगठन जिल्ला कार्य समिती नुवाकोटले विदुरको लोकतान्त्रिक चौतारोमा दीप प्रज्वलन गरेको हो ।
हमास आक्रमणमा परी अहिलेसम्म १० जना नेपाली विद्यार्थीहरू मृत्यु भइसकेको सरकारले जनाएको छ । प्यालेस्टाइन समर्थित विद्रोही समूह हमासले शनिबार इजरायलतर्फ मिसाइल आक्रमण गरेको थियो । त्यसयता प्यालेस्टाइन र इजरायलबीच फेरि युद्ध चर्किएको हो ।
यसबीच लेबनानस्थित विद्रोही समूह हिजबुल्लाह पनि यस युद्धमा जोडिएको छ । इजरायल नियन्त्रित सिब्बामा आइतबार हिजबुल्लाहले मोर्टार आक्रमण गरेको थियो ।
आक्रमणमा परी अहिलेसम्म ८ सयभन्दा बढी इजरायलीहरूको मृत्यु भइसकेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया