अपर तामाकोशीको ७० प्रतिशतभन्दा बढी हकप्रद शेयर बिकेन

विदुर खबर २०८० असोज २३ गते १३:५८

नुवाकोट । अपर तामाकोशी हाइड्रोपावरको ७० प्रतिशतभन्दा बढी हकप्रद शेयर बिकेकाे छैन् ।

Advertisement

कम्पनीले  सोमबार असोज २२ गतेसम्म हकप्रद भर्ने समय थपेको थियो । कम्पनीले हकप्रद भर्न समय थप गर्दा पनि ३ करोड ८ लाख ७२ हजार ६ सय ५६ कित्ता शेयरको लागि मात्र आवेदन परेको छ ।

अपर तामाकोशीले १ बराबर १ को अनुपातमा हकप्रद शेयर निष्काशन गरेको थियो । कम्पनीको चुक्ता पुँजी १० अर्ब ५९ करोड रुपैयाँ रहेकोमा सो अनुसार नै १० करोड ५९ लाख कित्ता हकप्रद शेयरको लागि निवेदन आह्वान गरिएको थियो ।

Advertisement

अझै पनि कम्पनीको ७ करोड ५० लाख २७ हजार ३ सय ४४ कित्ता शेयरको लागि आवेदन परेको छैन । आवेदन नपरेको शेयर कम्पनीले लिलामीमा बेच्ने गर्दछ । अहिले अपर तामाकोशीको शेयर मूल्य २ सय रुपैयाँको हाराहारीमा कारोबार भइरहेको छ ।

हकप्रद शेयर निष्काशन गरेर संकलित रकम कम्पनीले ऋण चुक्ता गर्ने र केही रकम भने कम्पनीले प्रबर्द्धन गरिरहेको रोल्वालिङ हाइड्रोपावरमा लगानी गर्ने जनाएको छ ।

Advertisement

प्रतिक्रिया