अपर तामाकोशीको ७० प्रतिशतभन्दा बढी हकप्रद शेयर बिकेन
नुवाकोट । अपर तामाकोशी हाइड्रोपावरको ७० प्रतिशतभन्दा बढी हकप्रद शेयर बिकेकाे छैन् ।
कम्पनीले सोमबार असोज २२ गतेसम्म हकप्रद भर्ने समय थपेको थियो । कम्पनीले हकप्रद भर्न समय थप गर्दा पनि ३ करोड ८ लाख ७२ हजार ६ सय ५६ कित्ता शेयरको लागि मात्र आवेदन परेको छ ।
अपर तामाकोशीले १ बराबर १ को अनुपातमा हकप्रद शेयर निष्काशन गरेको थियो । कम्पनीको चुक्ता पुँजी १० अर्ब ५९ करोड रुपैयाँ रहेकोमा सो अनुसार नै १० करोड ५९ लाख कित्ता हकप्रद शेयरको लागि निवेदन आह्वान गरिएको थियो ।
अझै पनि कम्पनीको ७ करोड ५० लाख २७ हजार ३ सय ४४ कित्ता शेयरको लागि आवेदन परेको छैन । आवेदन नपरेको शेयर कम्पनीले लिलामीमा बेच्ने गर्दछ । अहिले अपर तामाकोशीको शेयर मूल्य २ सय रुपैयाँको हाराहारीमा कारोबार भइरहेको छ ।
हकप्रद शेयर निष्काशन गरेर संकलित रकम कम्पनीले ऋण चुक्ता गर्ने र केही रकम भने कम्पनीले प्रबर्द्धन गरिरहेको रोल्वालिङ हाइड्रोपावरमा लगानी गर्ने जनाएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












विदेश पठाइदिने नाममा करोडौं ठगी, सात जना पक्राउ
महतको स्वास्थ्य जाँच गराउन अदालतको आदेश
देशभरका सीडीओलाई गृहको पत्र– अतिक्रमित संरचना हटाउन सुरक्षा प्रबन्ध मिलाउनू
स्लोभाकिया पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
देशभर बादल, धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना





प्रतिक्रिया