रसुवामा आलु बोकेको गाडी दुर्घटना हुँदा ३ जनाको मृत्यु

विदुर खबर २०८० असोज २३ गते ७:२३
सांकेतिक तश्वीर ।

नुवाकोट । रसुवाको आमाछोरिङ्मो गाउँपालिका–२ नेसिङ खोलामा गाडी दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

Advertisement

आमाछोरिङ्मो-२‚ नेसिङबाट ग्रेतर्फ आलु बोकेर जाँदै गरेको बा ५ ख ५७८ नम्बरको आइसर गाडी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा आमाछोरिङ्मो-२ का अन्दाजी ३० वर्षीय फुर्पा छोवाङ‚ सोही स्थानकी अन्दाजी ४० वर्षीया पेम्बा डोल्मा तामाङ र अन्दाजी ३० वर्षीय अक्कलबहादुर तामाङ रहेको रसुवाका प्रहरी नायव उपरीक्षक सुवास बुढाथोकीले जानकारी दिए ।

Advertisement

दुर्घटनामा परी ५ जना घाइते भएका छन् । गाडी सडकबाट करिब २ सय मिटर तल खसेको बुढाथोकीले बताए । घाइतेलाई थप उपचारका लागि सदरमुकाम ल्याइँदै गरेको उनले जानकारी दिए ।

प्रतिक्रिया