माथिल्लो मैलुङ खोलाको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

विदुर खबर २०८० असोज २२ गते ८:३४

नुवाकोट । माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडले निष्काशन गरेको आईपीओमा आवेदन दिने आज असोज २२ गते अन्तिम दिन रहेको छ । कम्पनीले असोज १८ गतेदेखि आईपीओ बिक्री खुला गरेको हो ।

Advertisement

कम्पनीले सर्वसाधारणलाई १२ लाख ८४ हजार २ सय कित्ता शेयर निष्काशन गरेको हो । कम्पनीले अंकित मूल्य प्रति कित्ता १ सय रुपैयाँ मै शेयर निष्काशन गरेको छ ।  आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १० हजार कित्ताको आवेदन दिन सकिने छ । शेयर निष्काशनको लागि सानिमा क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

कम्पनीको आईपीओमा तेस्रो दिनसम्म ९ लाख ५७ हजार बढीले आवेदन दिएका छन् ।  आइतबार साँझ ५ बजेसम्ममा कम्पनीको आईपीओमा ९ लाख ५७ हजार ७ सय १६ जना आवेदकले १ करोड ७ लाख ८६ हजार १ सय ६० कित्ताका लागि १ अर्ब ७ करोड ६८ लाख १६ हजार रुपैयाँ बराबरको आवेदन दिएका हुन् । यो मागको ८.३८ गुणा बढि हो ।

Advertisement

कम्पनीले रसुवामा १४.३ मेगावाटको माथिल्लो मैलुङखोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ । आयोजनाले २०९० साउन १५ बाट ब्यारिक उत्पादन थाल्ने लक्ष्य राखेको छ  ।

आयोजनाको कुल लागत २ अर्ब ५० करोड अनुमान गरिएको छ । प्रति मेगावाट लागत भने १७ करोड ४८ लाख अनुमान गरिएको छ । हाल कम्पनीको चुक्ता पुंजी ७० करोड रहेको छ । आईपीओ निष्काशनपछि कम्पनीको चुक्ता पुंजी १ अर्ब पुग्ने छ ।

Advertisement

प्रतिक्रिया