दशैंका लागि अग्रिम टिकट बुकिङ खुल्ला

काठमाडौं ,नजिकिँदै गरेको राष्ट्रिय पर्वका लागि यही असोज १० गतेदेखि टिकटको अग्रिम बुकिङ खुल्ला हुने भएकोछ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रतिनिधिबीचमा सहमति भई १० गतेदेखि अग्रिम टिकट बिक्री खुल्ला गरिएको जनाए ।
यसअघि विभाग र व्यवसायीबीच असोज ५ देखि बुकिङ खोल्ने सहमति थियो । पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएपछि व्यवसायीले भाडा नबढेसम्म बुकिङ नखोल्ने अडान राखेका कारण अबरुद्ध अग्रिम बुकिङ अब १० गतेदेखि खुल्ने भएको हो । बैठकमा भाडा समायोजन, बस व्यवसायी समितिका बन्द खाता खोल्नेलगायत सहमति भएको हो ।
दसैंको मुखमा आवागमन सहज बनाउन व्यवसायीसँग सहमति गरिएको मन्त्रालयका एक अधिकारीले बताए । नेपाल आयल निगमकै कारण यस पटक सरकार व्यवसायी संग झुक्न बाध्य भएको हो । इन्धनको चर्को मूल्यबृद्धि तथा दशैंको मुखमा लगातार इन्धनको मूल्यमा बृद्धि भएपछि सरकारले भाडाबृद्धि गर्न बाध्य भएको हो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














देशका केही स्थानमा भारी वर्षाको सम्भावना
प्रवासी नेपाली मञ्च यूएईको अध्यक्षमा नुवाकोटका भण्डारी चयन
देउवाले शंशाक कोइराला नेतृत्वको भेलालाई सम्बोधन गर्ने
माथिल्लो मैलुङ खोला जलविद्युत ११ करोड १२ लाख नाफा कमायाे
वेवारिसे अवस्थामा फेला परेका मिजारको वडाध्यक्ष न्यौपानेद्धारा उद्धार





प्रतिक्रिया