भिमसेन माविका विद्यार्थीहरुलाई ट्रयाकसुट
नुवाकोट । विदुर नगरपालिका वडा नम्बर २ मा रहेको श्री भिमसेन माध्यामिक विद्यालयका विद्यार्थीहरुलाई ट्रयाकसुट वितरण गरिएको छ ।
शुक्रवार एक कार्यक्रमको आयोजना गरि विद्यालयका २ सय ६५ जना विद्यार्थीहरुलाई ट्रयाकसुट वितरण गरिएको हो । विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले नगरपालिकाबाट पाएको सेवा–सुविधाको रकम र विद्यालयको व्यस्थापन समितिका अध्यक्ष सुरजमान श्रेष्ठको व्यक्तिगत खर्चमा विद्यार्थीहरुलाई ट्रयाकसुट वितरण गरिएको हो ।
ट्रयाकसुट वितरण कार्यक्रममा बोल्दै नगरपालिकाका मेयर राजन श्रेष्ठले नगरपालिकाको मेयरमा निर्वाचित भएदेखि नै आफुले प्राप्त गरेको तलव भत्ता सामाजिक काममा खर्च गरिरहेको बताए । उनले यो पटक भिमसेन स्कुलका विद्यार्थीहरुलाई सहयोग पाउँदा खुशी व्यत्त गरे ।
मेयर श्रेष्ठले आगामी दिनमा पनि आवश्यकताको आधारमा आफुले प्राप्त गर्ने सेवा सुविधावापतको रकम खर्चन तयार रहेको बताए । उनले विदुर नगरपालिकाले नगर क्षेत्रभित्र रहेका सबै विद्यालयहरुको शैक्षिक गुणस्तर वृद्धि गर्न शिक्षक समायोजन गरिएको समेत जानकारी दिए ।
विद्यार्थीहरुलाई ट्रयाकसुट वितरण कार्यक्रममा विदुर नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष दिपक कायस्थ, विद्यालय व्यवस्थापन समितिका सदस्यहरु, नुवाकोट उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष शरणउत्सुक सापकोटा लगायतको उपस्थिति रहेको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












महिलाहरुलाई जीविकोपार्जनको लागि तालिमसहित निशुल्क कुखुराको चल्ला वितरण
नौबिसे–धार्के सडकखण्ड पिच भयो
रास्वपा बागमती प्रदेश सभापतिमा अर्याल निर्वाचित
‘आइएम जितबहादुर’ प्रचारको लागि जितु नेपाल नुवाकोट आए
नुवाकोटमा झुन्डिएको अवस्थामा फेला परेकी सशस्त्र प्रहरीकी जवानकाे मृत्यु





प्रतिक्रिया