मथिल्लो मैलुङ खोलाको आईपीओ सर्वसाधारणलाई खुल्यो

विदुर खबर २०८० असोज १८ गते १९:०७

नुवाकोट । मथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडले सर्वसाधारणलाई आज असोज १८ गतेदेखि आईपीओ बिक्री खुला गरेको छ ।

Advertisement

कम्पनीले सर्वसाधारणलाई १२ लाख ८४ हजार २ सय कित्ता शेयर निष्काशन गरेको हो । कम्पनीले अंकित मूल्य प्रति कित्ता १ सय रुपैयाँ मै शेयर निष्काशन गर्न लागेको छ ।

यस निष्काशनमा असोज २२ गतेसम्म आवेदन दिन सकिने छ । आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १० हजार कित्ताको आवेदन दिन सकिने छ । शेयर निष्काशनको लागि सानिमा क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

Advertisement

कम्पनीले यस अघि नै  आयोजना प्रभावित रसुवा जिल्लाका स्थानीय र श्रम स्वीकृति लिई विदेशमा रहेका नेपाली नागरिकको लागि निष्काशन गरिएको शेयर बाँडफाँड गरिसकेको छ ।

यो सानिमा समूह अन्तर्गतको कम्पनीको हो । कम्पनीले रसुवामा १४.३ मेगावाटको माथिल्लो मैलुङखोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ । आयोजनाले २०९० साउन १५ बाट ब्यारिक उत्पादन थाल्ने लक्ष्य राखेको छ  । आयोजनाको कुल लागत २ अर्ब ५० करोड अनुमान गरिएको छ ।

Advertisement

प्रति मेगावाट लागत भने १७ करोड ४८ लाख अनुमान गरिएको छ । हाल कम्पनीको चुक्ता पुंजी ७० करोड रहेको छ । आईपीओ निष्काशनपछि कम्पनीको चुक्ता पुंजी १ अर्ब पुग्ने छ ।

प्रतिक्रिया