कहिले पाइएला त्रिशुली जलविद्युतको शेयर कारोवार गर्न ?

विदुर खबर २०८० असोज ८ गते १६:४२

नुवाकोट । जनताको जलविद्युत कार्यक्रम अन्तर्गत आईपीओ निष्काशन गरेको त्रिशुली जलविद्युत कम्पनीले यहि असोज महिना भित्रमा शेयर सुचिकृत गराउने जनाएको छ ।

Advertisement

कम्पनीका प्रमुख कार्यकारी अधिकृत आनन्द ढुंगेलले  असोज महिना भित्रमा शेयर सूचीकरण गराईसक्ने बताएका हुन् ।आईपीओको लागि अंकित मूल्यको बाँकी रहेको ९० प्रतिशत रकम माग गरेको समयमा पूर्ण रुपमा आवेदन नपरेकोले शेयर सूचीकरणमा ढिलाई भएको छ । कम्पनीले २०७५ चैत्रमा प्रति सेयर एक सय रुपैयाँ  अंकित मूल्यको न्यूनतम १० प्रतिशतले हुने १० रुपैयाँ मात्र संकलन गरेको थियो ।

कम्पनीले बाँकि ९० रुपैयाँको लागि २०७९ असोज ४ देखि १०७९ कार्तिक १७ गतेसम्म आवेदन खुलाएको थियो । २०७५ मा १० रुपैयाँ तिरेर आईपीओ खरिद गरेका सबै लगानीकर्ताले २०७९ मा बाँकि ९० रुपैयाँको लागि आवेदन नदिएपछि शेयर सूचीकरणमा ढिलाई भएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत ढुंगेलले बताए ।

Advertisement

उनका अनुसार करिब ७ करोड रकम जतिको आवेदन परेको थिएँ।  यो शेयर आम सर्वसाधारण कै हकको शेयर भएकोले उनीहरुले आवेदन दिउन् भन्ने उदेश्यले  म्याद थप गर्नको लागि कोशिस गरिएकोले सूचीकरणमा ढिलाई भएको हो । म्याद थपको लागि नियामक निकायमा समन्वय गर्दा म्याद थप सम्भव नभएपछि अब जति आवेदन आएको छ त्यसकै आधारमा शेयर सूचीकरण गराउने तयारी भईरहेको उनले बताए ।

संचालक समितिले निर्णय गर्ने र ७ करोड बाहेकको शेयर सूचीकरण प्रक्रिया अगाडी बढ्ने उनले जानकारी दिए । उनले छिट्टै नै संचालक समितिले निर्णय गर्ने असोज महिना भरिमा शेयर सूचीकरण भईसक्ने उनले बताए । शेयर सूचीकरण भए लगत्तै कारोबार गर्न सकिने छ ।

Advertisement

कम्पनीले २०७५ को चैतमा सर्वसाधारणका लागि ३७ लाख ५ हजार कित्ता (कम्पनीका कर्मचारीका लागि आरक्षण गरिएको समेत) सेयर निश्कासन गरी प्रति सेयर एक सय रुपैयाँ अंकित मूल्यको न्यूनतम १० प्रतिशतले हुने १० रुपैयाँ मात्र संकलन गरेको थियो । प्रति कित्ता १० रुपैयाँको दरले खरिद गरिएको शेयर भने TVCL सिम्बलमा लगानीकर्ताको मेरोशेयर खातामा आईसकेको छ ।

कम्पनीको सेयर बाँडफाँडमा सेयर पाई प्रतिकित्ता १० रुपैयाँ बुझाएका जम्मा १ लाख ५४ हजार ५ सय ५९ जना सर्वसाधारण सेयरधनीले २०७९ असोजमा प्रतिकित्ता बाँकी ९० रुपैयाँ बुझाउनु पर्ने थियो । त्यस समय ७ करोडको आवेदन नपरेको कम्पनीले जनाएको छ।

कम्पनीले रसुवा र नुवाकोटको सिमानामा ३७ मेगावाट क्षमताको माथिल्लो त्रिशूली ३ बी जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले कम्पनीको आईपीओमा १० हजार कित्ता आवेदन दिएर जनताको जलविद्युत कार्यक्रमको शुभारम्भ गरेका थिए।  १० हजार कित्ताको लागि आवेदन दिएका ओलीले २० कित्ता मात्र शेयर पाएका थिए। त्यस्तै १० हजार कित्ता कै लागि आवेदन दिएकी प्रधानमन्त्री पत्नी राधिका शाक्यले पनि २० कित्ता नै शेयर पाएकी थिइन्। तत्कालिन उर्जा मन्त्री बर्षमान पुन, उनकी  पत्नी ओनसरी घर्तिले पनि २० कित्ता नै शेयर पाएका थिए। मन्त्रालयका सचिवले पनि २० कित्ता नै शेयर पाएका थिए ।

आयोजनाका प्रवद्र्धक त्रिशुली जलविद्युत कम्पनी लिमिटेडमा प्राधिकरण र नेपाल टेलिकमको ३०÷३० प्रतिशत संस्थापक सेयर छ । कम्पनीमा रसुवा तथा नुवाकोटका गाउँपालिका र नगरपालिकाको ५ प्रतिशत, रसुवा तथा नुवाकोटका स्थानीय वित्तीय संस्थाको ५ प्रतिशत, रसुवा तथा नुवाकोटबासीको १० प्रतिशत, सर्वसाधारणको १५ प्रतिशत र प्राधिकरण तथा टेलिकमका कर्मचारीको ५ प्रतिशत सेयर रहने छ ।

आयोजनाको कुल अनुमानित लागत निर्माण अवधिको व्याज बाहेक ७ अर्ब ४४ करोड ५६ लाख ४८ हजार रुपैयाँ रहेको छ । आयोजना प्रगति ७० प्रतिशत सम्पन्न भएको र आगामी १ वर्ष भित्रमा विद्युत उत्पादन लक्ष्य कम्पनीको छ।

प्रतिक्रिया