नुवाकोटमा महिलाहरुको लागि निशुल्क एड्भान्स फेसन डिजाइन तालिम शुरु
नुवाकोट । नुवाकोटमा आईतवारदेखि महिलाहरुको लागि निशुल्क एड्भान्स फेसन डिजाइन तथा बुटिक तालिम शुरु भएको छ ।
नुवाकोट कपडा तथा सिलाई व्यवसायी संघको आयोजना तथा विदुर नगरपालिकाको सह–आयोजनामा तालिम शुरु भएको हो । तालिमको विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले उद्घाटन गरेका छन् ।
तालिमको उद्घाटन गर्दै विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले तालिमले महिलाहरुलाई आत्मनिर्भर बनाउने बताए । मेयर श्रेष्ठले यस्ता तालिमले बढ्दो र मौलाउदो फेसन बजारको मागलाई बुझ्न र व्यवसायीक रुपमा पेशा अंगाल्नका ठुलो मद्धत मिल्ने बताए । उनले व्यवसाय गरेर मानिसको जीवनमा परिवर्तन हुने भएकोले यस्ता कामका लागि सदैव सहयोग गर्न स्थानीय सरकार तयार रहेको समेत उल्लेख गरे ।
कार्यक्रममा उद्योग वाणिज्य महासंघ बाग्मति प्रदेश सदस्य गिता अमात्यले निशुल्क एड्भान्स फेसन डिजाइन तथा बुटिक तालिम सिलाई सम्बन्धी व्यवसाय गर्दै आएका महिलाहरुलाई अझै प्रभावकारी रुपमा व्यवसाय संचालन सहज हुने बताइन् । उनले सकेसम्म कपडाहरु लगाउँदा स्थानिय सिप र परिश्रमबाट बनेका कपडा लगाउँदा श्रमको सम्मान हुने बताइन् ।
कार्यक्रममा विदुर नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष निलमवावुु ढुङ्गेलले तालिम सिक्ने मात्र नभई यसबाट सिकेका कुराहरु व्यवहारमा लागु गर्नुपर्ने बताए । वडाध्यक्ष ढुङ्गेलले तालिमले महिलाहरुलाई उद्यमी बनाउनुपर्ने समेत उल्लेख गरे ।त्यस्तै विदुर नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष हरेराम भण्डारीले युवाहरुको ठूलो युवा जमात अहिले फेसन डिजाइनिङमा तानिएको भन्दै काम गर्न सके मनग्य आम्दानी हुने बताए ।
कार्यक्रममा नुवाकोट कपडा तथा सिलाई व्यवसायी संघका अध्यक्ष कमल नेपालीले महिलाहरुको आर्थिक स्तर सुधार गर्दै आत्मनिर्भर बनाउने र क्षमता अभिवृद्धि गर्नका लागि फेसन डिजाईन तालिमको आयोजना गरेको जानकारी दिए ।
तालिममा झण्डै ७० जना महिलाहरुको सहभागिता रहेको छ । एक सातासम्म संचालन हुने तालिममा तालिममा महिलासँग सम्बन्धित विभिन्न तरिकाका फेसन डिजाईनर सिप सिकाइने आयोजक नुवाकोट कपडा तथा सिलाई व्यवसायी संघले जानकारी दिएको छ ।
तालिममा प्रशिक्षक संगिता लामिछानेले सहजीकरण गर्ने बताइएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












महिलाहरुलाई जीविकोपार्जनको लागि तालिमसहित निशुल्क कुखुराको चल्ला वितरण
नौबिसे–धार्के सडकखण्ड पिच भयो
रास्वपा बागमती प्रदेश सभापतिमा अर्याल निर्वाचित
‘आइएम जितबहादुर’ प्रचारको लागि जितु नेपाल नुवाकोट आए
नुवाकोटमा झुन्डिएको अवस्थामा फेला परेकी सशस्त्र प्रहरीकी जवानकाे मृत्यु





प्रतिक्रिया