आर्थिक मन्दीको असर : धादिङमा सटर बन्द गरेर व्यवसायी पलायन

विदुर खबर २०८० असोज ४ गते ८:०२

नुवाकोट । धादिङको धादिङबेसीमा यतिखेर कयाै नियमित सञ्चालनमा भएका पसलहरु बन्द भएका छन् ।

Advertisement

संचालन भइरहेका पसलहरुमा आर्थिक मन्दिकाे प्रभाव परेपछि सटर बन्द गरेर व्यापारीहरू पलायन भएका छन् । पुछारबजार प्रहरीबिटबाट बिचबजार चाेकसम्मकाे मूलसडकमा मात्र ७७ ओटा  सटर बन्द भएको प्रत्यक्ष रुपमा देखिन्छ ।

धादिङबेसीमा आर्थिक गतिविधि अत्यन्त न्यून भएकाेले व्यवसायीहरू व्यापार नभएपछि पसल बन्द गरेर पलायन हुन बाध्य भएका व्यवसायी राजकुमार श्रेष्ठको भनाई छ ।

Advertisement

हाेटल, किराना, मोबाइल, कपडा पसलहरु बन्द भएका र पुनः पुराना व्यवसायी आउने सम्भावना समेत नभएको व्यवसायीहरू बताउँछन् । बैँकहरुले लगानी गर्न छाडेको लामो समय भयो । विकासका बजेट कार्यान्वयनमा कमी आएको छ । नागरिकहरुले आम्दानी गर्ने व्यवसाय र रोजगारी पाएका छैनन् ।

जसले गर्दा खर्च गर्नेहरूसँग पैसा नभएका कारण पसलहरु धमाधम बन्द भइरहेको धादिङ उद्योग वाणिज्य संघका रोहित भण्डारीले बताए । धादिङबेसी क्षेत्रका २ सय ५० भन्दा बढी साना ठुला पसलहरु बन्द भएका छन् ।

Advertisement

तुलनात्मक रुपमा धादिङबेसीका सटरभाडा र घरभाडा बढी  भएका र आर्थिक मन्दी भएका समयमा भाडा तिर्न नसक्ने अवस्थामा पसलहरु छाडेर व्यवसायीहरू पलायन भएको भण्डारीले जानकारी दिए ।

आर्थिक मन्दीका कारण नागरिकहरूसँग खर्चगर्ने क्षमता नभएका कारण बजारमा खर्च गर्न समेत छाडेका छन् । सरकारले गर्ने विकास खर्च तेल, डाेजर, रड जस्तापाता, आदिको रकम समेत विदेश जाने गरेपछि आर्थिक मन्दी बढ्दै गएकाले जनताले नै विकासकाे काममा आफै लाग्नुपर्ने सामाजिक कार्यकर्ता शिवराज सापकोटाको भनाई छ ।

सामानको मूल्य  दोब्बर भएकाेले, तरकारी तथा फलफूलमा तेब्बर मूल्य बढेका कारण पनि आर्थिक मन्दी भएका स्वयम् व्यवसायी हरुकाे भनाइ छ । आर्थिक मन्दीले ग्रस्त भएका व्यवसायी र नागरिकहरुका लागि आर्थिक गतिविधि बढ्ने कुनै योजना स्थानीय सरकार र प्रदेश सरकारले ल्याउन सकेको छैन ।

प्रतिक्रिया