आर्थिक मन्दीको असर : धादिङमा सटर बन्द गरेर व्यवसायी पलायन
नुवाकोट । धादिङको धादिङबेसीमा यतिखेर कयाै नियमित सञ्चालनमा भएका पसलहरु बन्द भएका छन् ।
संचालन भइरहेका पसलहरुमा आर्थिक मन्दिकाे प्रभाव परेपछि सटर बन्द गरेर व्यापारीहरू पलायन भएका छन् । पुछारबजार प्रहरीबिटबाट बिचबजार चाेकसम्मकाे मूलसडकमा मात्र ७७ ओटा सटर बन्द भएको प्रत्यक्ष रुपमा देखिन्छ ।
धादिङबेसीमा आर्थिक गतिविधि अत्यन्त न्यून भएकाेले व्यवसायीहरू व्यापार नभएपछि पसल बन्द गरेर पलायन हुन बाध्य भएका व्यवसायी राजकुमार श्रेष्ठको भनाई छ ।
हाेटल, किराना, मोबाइल, कपडा पसलहरु बन्द भएका र पुनः पुराना व्यवसायी आउने सम्भावना समेत नभएको व्यवसायीहरू बताउँछन् । बैँकहरुले लगानी गर्न छाडेको लामो समय भयो । विकासका बजेट कार्यान्वयनमा कमी आएको छ । नागरिकहरुले आम्दानी गर्ने व्यवसाय र रोजगारी पाएका छैनन् ।
जसले गर्दा खर्च गर्नेहरूसँग पैसा नभएका कारण पसलहरु धमाधम बन्द भइरहेको धादिङ उद्योग वाणिज्य संघका रोहित भण्डारीले बताए । धादिङबेसी क्षेत्रका २ सय ५० भन्दा बढी साना ठुला पसलहरु बन्द भएका छन् ।
तुलनात्मक रुपमा धादिङबेसीका सटरभाडा र घरभाडा बढी भएका र आर्थिक मन्दी भएका समयमा भाडा तिर्न नसक्ने अवस्थामा पसलहरु छाडेर व्यवसायीहरू पलायन भएको भण्डारीले जानकारी दिए ।
आर्थिक मन्दीका कारण नागरिकहरूसँग खर्चगर्ने क्षमता नभएका कारण बजारमा खर्च गर्न समेत छाडेका छन् । सरकारले गर्ने विकास खर्च तेल, डाेजर, रड जस्तापाता, आदिको रकम समेत विदेश जाने गरेपछि आर्थिक मन्दी बढ्दै गएकाले जनताले नै विकासकाे काममा आफै लाग्नुपर्ने सामाजिक कार्यकर्ता शिवराज सापकोटाको भनाई छ ।
सामानको मूल्य दोब्बर भएकाेले, तरकारी तथा फलफूलमा तेब्बर मूल्य बढेका कारण पनि आर्थिक मन्दी भएका स्वयम् व्यवसायी हरुकाे भनाइ छ । आर्थिक मन्दीले ग्रस्त भएका व्यवसायी र नागरिकहरुका लागि आर्थिक गतिविधि बढ्ने कुनै योजना स्थानीय सरकार र प्रदेश सरकारले ल्याउन सकेको छैन ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












करेन्ट लागेर नुवाकोटमा एक जनाको मृत्यु
आज केही ठाउँमा भारी वर्षाको सम्भावना
नुवाकोटको ककनीमा एक महिला मृत फेला
अर्जेन्टिनालाई हराउँदै स्पेनले जित्यो विश्वकपको उपाधि
धादिङको बेनीघाट क्षेत्रमा पहिरो, यातायात अवरुद्ध





प्रतिक्रिया