हाथवे इन्भेष्टमेन्टको आईपीओ आज बाँडफाँट हुँदै

विदुर खबर २०८० असोज २ गते ८:२१

नुवाकोट ।  हाथवे इन्भेष्टमेन्ट कम्पनीले निष्कासन गरेको साधारण सेयर आईपीओको बाँडफाँट आज हुने भएको छ ।

Advertisement

आईपीओको बाँडफाँट आजै बिहान ९ बजे हुने बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ । आईपीओमा माग भन्दा बढी आवेदन परेका कारण गोलाप्रथाबाट बाँडफाँट हुनेछ ।

आईपीओमा ३ करोड १२ लाख ५६ हजार ९२० कित्ता सेयरका लागि आवेदन परेको छ । कम्पनीले भदौ २१ देखि २५ गतेसम्म १४ करोड ६२ लाख ५० हजार रुपैयाँको आईपीओ निष्कासन गरेको थियो ।

Advertisement

कम्पनीले प्रतिकित्ता ५० रुपैयाँका दरले २९ लाख २५ हजार कित्ता सेयर निष्कासन गरेको थियो । जसमा ५८ हजार ५ सय कित्ता सेयर कम्पनीका कर्मचारी, १ लाख ४६ हजार २५० कित्ता सेयर सामूहिक लगानी कोष, २ लाख ९२ हजार ५ सय कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरेको थियो ।

बाँकी रहेको २४ लाख २७ हजार ७५० कित्ताका सर्वसाधारणलाई निष्कासन गरेको थियो ।

Advertisement

 

प्रतिक्रिया