नौबिसे-मुग्लिन सडकखण्ड बन्द गरेर सडक खन्दै आयोजना
नुवाकोट । नागढुङ्गा मुग्लिन सडकको पुर्वी खण्ड अन्तर्गत धादिङको नौबिसे मुग्लिन सडक खण्डको विभिन्न स्थनमा डाँडा काटेर सडक फराकिलो पार्नका लागि रातको समयमा ४ घण्टा यातायात आवागमन बन्द गरिने भएको छ ।
नागढुङ्गा मुग्लिन सडकको पुर्वी खण्ड अन्तर्गत धादिङको गजुरी गाउँपालिका वडा नम्बर–५ घाटवेशीबाट थाक्रे गाउँपालिका वडा नम्बर १ एक्लेफाँटसम्म सडक चौडा गर्नुपर्ने भएकोले हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै असोज ४ गतेदेखि असोज २० गतेसम्म हरेक राती ११ बजेदेखि बिहान ३ बजेसम्म एम्बुलेन्स र सुरक्षा निकायको सवारी साधन बाहेकका सबै सवारी साधान संचालनमा रोक लगाईएको हो ।
खयरघारी, पोखरेखोला, चिरौँदीमा रहेको ठुलो पहाड काटेर सडक सिधा बनाउने काम गर्न सहजताका लागि राजमार्ग बन्द गरेर सडकको काम गर्नु परेको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले जानकारी दिए ।
नागढुङ्गा मुग्लिन सडकको पुर्वी खण्ड विस्तार सहजिकरण सम्बन्धि प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेको अध्यक्षतामा बसेको बैठकले रातको समयमा कम सवारि साधन हुने भएकोले सडक बन्द गरेर घुम्ति काट्ने काम गर्न निर्य गरिएको हो ।
सम्पूर्ण सुरक्षा निकायका प्रमुख, सडक आयोजनाका आयोजना प्रमुख ईश्वरी बहादुर रिजाल, परामर्शदाता राजेन्द्र पौडेल, शर्मा लामा जेड आई सिजि जेभीका ज्ञानेन्द्र घिमिरे लगायतको सहभागितामा बैठक भएको सहायक प्रमुख जिल्ला अधिकारी हुमनाथ पराजुलीले बताए ।
नागढुंगा मुगलिन सडक खण्डमा चारपाङ्ग्रे र यसभन्दा ठुला सवारी साधन १४ हजार र मोटरसाईकल र स्कुटर १० हजार दैनिक संचालन हुने गरेको छ । सकडखण्ड विस्तारपछि ठाउँ र भौगोलिक अवस्थाअनुसार कतै चार, तीन र दुई लेनको हुनेछ ।
यो खण्डको ३६ किलोमिटर खण्ड तीन लेनको हुनेछ । बस्ती र बजार क्षेत्रको सडक चार लेनको हुनेछ । सडक आयोजना सम्पन्न गर्न २ वर्ष समय बाँकी छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











‘आइएम जितबहादुर’ प्रचारको लागि जितु नेपाल नुवाकोट आए
नुवाकोटमा झुन्डिएको अवस्थामा फेला परेकी सशस्त्र प्रहरीकी जवानकाे मृत्यु
विदुर ५ नुवाकाेटकाे पहिलो प्लाष्टिक मुक्त वडा घोषणा
कांग्रेसभित्र बृहत्तर एकता नभए पुनरुत्थान कठिन छ : डा. महत
एमसीसीका २ सबस्टेसन र २९७ किलोमिटर प्रसारण लाइन निर्माण सुरु





प्रतिक्रिया