विदुरको पृथ्वी मावि बाग्मती प्रदेशकै उत्कृष्ट विद्यालय घोषित
नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ४ विदुरमा रहेको सामुदायिक विद्यालय पृथ्वी माध्यामिक विद्यालय बाग्मति प्रदेशकै उत्कृष्ट विद्यालय घोषित भएको छ ।
गत वर्ष अर्थात २०७९ को एसइई परीक्षाको नतिजालाई आधार मानेर मुल्याङकन गर्दा पृथ्वी मावि बाग्मति प्रदेशकै उत्कृष्ट दोस्रो विद्यालय बन्न सफल भएको हो । बागमती प्रदेश सामाजिक विकास मन्त्रालयले बागमती प्रदेश भित्रका १३ जिल्लाका झण्डै २ हजार सामुदायिक विद्यालयहरुको गतवर्षको एसइई परीक्षाको नतिजाको आधारमा पृथ्वी दोस्रो भएको हो ।
त्यस्तै भत्तपुरको मेधा मावि प्रथम, श्रम राष्ट्रिय मावि कुमारीगाल तेस्रो हुँदा पृथ्वीनारायण मावि तारकेश्वर काठमाडौँ चौथो र बलम्बु मावि बलम्बु पाँचौं भएका छन् ।
बाग्मति प्रदेशको उत्कृष्ट पाँच विद्यालयमध्ये उपत्यका बाहिरको नुवाकोटको पृथ्वी मावि मात्र रहेको छ । पृथ्वी मावि प्रदेशकै उत्कृष्ट विद्यालय घोषित भएको भन्दै विद्यालयका प्रधानाध्यापक बाबुराम लामिछानेले यो उपलब्धिलाई अब सिङ्गो नुवाकोटले आफ्नो पुँजी मानेर गर्व गनुपर्ने बताएका छन् ।
२०७९ को एसईइ परिक्षमा पृथ्वी मावि जिल्लाकै प्रथम भएको थियो । उक्त विद्यालयमा अध्ययनरत विद्यार्थीहरुमध्ये कृष्मा श्रेष्ठ र बन्दना पुडासैनीले ३.९५ जिपिए ल्याउन सफल भएका थिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













अब राष्ट्रिय परिचय पत्रसँग आबद्ध गरी प्यान नम्बर आफैँले लिन सकिने
दुर्गा प्रसाईं पक्राउ
एनपीएलको उद्घाटन खेलमा काठमाडौं गोर्खाज विजयी
एनपीएलको दोस्रो संस्करण आजबाट सुरु हुँदै
बागमती प्रदेश सभापतिलाई रास्वपाले सोध्यो स्पष्टीकरण





प्रतिक्रिया