बागमती प्रदेश सभा आज बैठक बस्दै

विदुर खबर २०८० भदौ ३० गते ८:५४

नुवाकोट । बागमती प्रदेश सभा बैठक बस्दैछ ।

Advertisement

शुक्रबारका लागि तय भएको बैठक अन्तिम समयमा स्थगित भए पछि सो बैठक शनिबार बस्न लागेको हो ।

प्रदेश सभा सचिवालयका अनुसार प्रदेश सभाको सो बैठक बिहान ११ः०० बजे बस्ने छ । प्रदेशसभा सचिवालयका अनुसार आजको बैठकमा विशेष समयलाई कार्यसूचीमा राखिएको छ भने सोही बैठकवाट प्रदेशसभामा पेस भएका विधेयकलाई संसदीय समितिमा पठाउने कार्यसूची रहेको छ ।

Advertisement

प्रदेशसभाको बैठक यसअघि गत भदौ २४ गते बसेर स्थगन गरिएको थियो । चालु आर्थिक बर्षको बजेटमा सत्तापक्ष र प्रतिपक्ष बिचमा सहमति हुन नसक्दा बागमती प्रदेशको प्रदेश सभा बैठक पछिल्लो समयमा प्रभावित हुदैँ आएको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बजेटमा यसअघि भएको सहमति सरकार र सत्तारुढ दलले अस्विकार गरे पछि प्रदेश सभा बैठकमा सञ्चालन सहज तरिकाले हुन अझै सकेको छैन ।

Advertisement

प्रतिक्रिया