प्रकाश सपूतले झिके ‘जाले रुमाल फाट्यो’को विवादित अंश
विदुर खबर
२०८० भदौ २७ गते ८:५५

नुवाकोट । गायक प्रकाश सपुतले नयाँ गीत ‘जाले रुमाल फाट्यो’को अन्तिम सवांद आलोचनापश्चात् सुटुक्कै हटाएका छन्।
‘कुरा बुझ्नु पर्च’को दोस्रो भाग भनिएको यो गीतिको भिडिओमा जातकै कारण हत्या गरिएको युवतीको कथा समेटिएको छ।गीतमा फूलमाया (आँचल शर्मा) को हत्यारा पत्ता लगाउन प्रहरी बनेकी (मनमाया)ले गरेको प्रयासलाई देखाउन खोजिएको छ।
यद्यपि भिडिओको अन्त्यमा प्रकाश सपुतले स्वस्तिमालाई प्याड दिँदै गर्दाको संवाद अपाच्य भएको भन्दै उनले आलोचना खेप्नुपरेको थियो।
अहिले त्यो संवाद भिडिओबाट हटिसकेको छ। संवाद हटाएकोबारे प्रकाशले कुनै प्रष्टिकरण दिएका छैनन्।
सम्बन्धित
प्रतिक्रिया