यसबर्ष दशैंको टीका साइत बिहान ९ बजेर ५१ मिनेटमा
विदुर खबर
२०७५ असोज ६ गते १४:५७

नुवाकोट असोज ६, यसबर्षको दशैं नजिकिएको छ । बजारमा दशैंको चहलपहल पनि शुरु भइसकेको छ । यता, नेपाल पञ्चाङ्ग निर्णायक समितिले पनि यस वर्षको दशैं टीकाको साइत सार्बजनिक गरेको छ । समितिले बिहान ९ बजेर ५१ मिनेटमा टीका लगाउन उपयुक्त भएको विष्कर्ष निकालेको हो ।
समितिका अनुसार बिहान ९ बजेर ३९ मिनेटमा देवी बिसर्जन गरेपछि टिका लगाउन सकिनेछ । दशमीको दिन दिनभर नै टिका लगाउन सकिने समितिले जनाएको छ । यस्तै, घटस्थापनाको शुभ साइत असोज २४ गते बिहान ७ बजेर १५ मिनेटमा रहेको छ । फुलपाती भित्र्याउने साइत बिहान ९ बजेर २१ मिनेटमा उत्तम रहेको समितिले जनाएको छ ।
कार्तिक ७ गते कोजाग्रत पुर्णिमाको दिन जुनसुकै बेला जमरा सेलाउन सकिने समितिले जनाएको छ । यसबर्षको दशैं २४ गतेबाट शुरु हुनेछ भने २ गते विजयादशमी परेको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












काठमाडौंको तारकेश्वरमा नुवाकोटकी पौडेलको ३४ लाख चोरी
सरस्वती आधारभुत विद्यालयमा विज्ञान प्रयोशाला
तारकेश्वरका आशिष घिमिरे मृत अवस्थामा भेटिए
नुवाकाटे क्षेत्र नं २ मा ८ जनाकाे जमानत जफत
डा. लामिछानेको चुनाव खर्च १६ लाख ९ हजार





प्रतिक्रिया