मोटरसाइकल चोरेको आरोपमा नुवाकोटका दुईजना पक्राउ
नुवाकोट । नुवाकोटका दुई युवक मोटरसाईकल चोरेको आरोपमा पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सुर्यगढी गाउँपालिका २ घर भइ हाल काठमाडौँको लोलाङ बस्ने ४५ वर्षीय दिपेन्द्र तामाङ र नुवाकोटकै लिखु गाउँपालिका २ घर भइ काठमाडौँको बाइपास बस्ने २८ वर्षीय सन्तोष घले रहेका छन् ।
उनीहरु दुईजनालाई मंगलबार काठमाडौँ महानगरपालिका १६ बालाजु स्थित चप्पलकारखानाबाट प्रहरीले पक्राउ गरेको हो ।
गत जेठ २ गते काठमाडौँको मनमैजुबाट बागमती प्रदेश ०२–०२७ प ७५ ८० नम्बरको र गत जेठ २९ गते काठमाडौंकै टोखा नगरपालिका १ झोरबाट बागमती प्रदेश ०२–०२२ प ४४ ५४ नम्बरको २ सय २० सिसिको पल्सर मोटरसाइकल हराएको भनि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा निवेदन परेको थियो।
उक्त मोटरसाइकलहरु खोज्दै जाने क्रममा वास्तविक नम्बर परिवर्तन गरि प्रदेश ३–०२–००७ प ३३९९ नम्बर राखी चलाइरहेको अवस्थामा दिपेन्द्र तामाङलाई र बागमती प्रदेश ०२–०१८ प ०००८ नम्बर राखि चलाइरहेको अवस्थामा सन्तोष घलेलाई काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा रहेको पिडित सहायता ईकाइबाट खटिएको टोलीले मोटरसाइकल सहित फेला पारी नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा आएका तामाङलाई प्रहरी वृत्त बालाजु र घलेलाई प्रहरी वृत्त महाराजगंजमा थप अनुसन्धान तथा कारबाहीका लागी पठाईएको ट्राफिक प्रहरीले जनाएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













नुवाकोटका गुभाजु पुनः नेपाली साझा मञ्च साउदीको अध्यक्ष चयन
आजदेखि सोलु हाइड्रोपावरको आईपीओमा आवेदन दिन सकिने
माघ पहिलो साता मेयर बालेनले राजीनामा दिने
कांग्रेसमा नयाँ नेतृत्व छान्दा पार्टी फुट्ने डर
देशभर पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा हुस्सु





प्रतिक्रिया