भदौ २२ गते मकवानपुर धादिङ र चितवनमा सार्वजनिक बिदा
विदुर खबर
२०८० भदौ १८ गते २१:२५
नुवाकोट । वाग्मती प्रदेश सरकारले भदौ २२ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ।
सोमबारको मन्त्रिपरिषद् बैठकले बिदाको निर्णय गरेको हो। प्रदेशका तीन जिल्लामा बिदा दिने निर्णय प्रदेश सरकारले गरेको हो। चेपाङ समुदायले मनाउँदै आएको न्वागी पर्वको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको सकारका प्रवक्ता गंगानारायण श्रेष्ठले जानकारी दिए।
प्रवक्ता श्रेष्ठका अनुसार मकवानपुर, धादिङ र चितवन जिल्लामा सार्वजनिक बिदा हुनेछ। बैठकले काठमाडौं बुढानिलकण्ठ नगरपालिका– ५ निवासी कृष्णकुमारी बस्नेतलाई प्रदेश नीति तथा योजना आयोगको सदस्यमा मनोनीत गरेको छ।
बैठकले प्रदेश विपद् व्यवस्थापन कोष परिचालन कार्यविधि २०८० स्वीकृत गरको छ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














बागमतीका मुख्यमन्त्री थापाले आज विश्वासको मत लिँदै
त्रिशूली सामुदायिक र नेसनल बेथेलद्वारा ऐतिहासिक भैरवी मन्दिर परिसरमा सरसफाइ
रास्वपा नुवाकोटद्वारा ‘मिसन १२ पालिका’को पहिलो चरण सम्पन्न
विदुरमा दुई दिनदेखि खानेपानी ठप्प, आलोपालो प्रणालीबाट वितरण गरिने
पाँचौ एनयुएफसी अन्तर जिल्लास्तरीय फुटसल प्रतियोगिता सुरु





प्रतिक्रिया