प्रविधिको विकाससँगै अवसर र चुनौती थपियो : अर्थमन्त्री डा. महत

विदुर खबर २०८० भदौ १६ गते १९:२०

नुवाकोट । अर्थमन्त्री डा. प्रकाशशरण महतले पत्रकारितामा नयाँ प्रविधिले सजिलो बनाए पनि त्यसले चुनौती पनि थपिदिएको बताएका छन् ।

Advertisement

शनिबार आर्थिक पत्रकार समाज (सेजन) को २५औं वार्षिक साधारणसभाको उद्घाटन गर्दै मन्त्री डा. महतले निजी क्षेत्र वा पत्रकार जगतलगायत सबै क्षेत्रमा प्रविधिले चुनौती थपेको बताएका हुन् ।

‘हामीले पूर्ण व्यवसायका साथ जिम्मेवारीका साथ काम गर्नुको विकल्प छैन’, मन्त्री डा. महतले भने, ‘म अर्थमन्त्रालयमा पुगेकोपछि इमान्दारिताका साथ कसरी देश र जनताका लागि काम गर्ने भन्ने मानसिकताबाट मैले काम गर्ने प्रयास गरेको छु । यसलाई साथीहरुले आत्मसाथ गर्नुभएको छ, कतिपय अवस्थामा प्रश्न पनि गर्नुभएको छ ।’

Advertisement

उनले आफूले राम्रो गर्न खोज्दा खोज्दै कतिपय अवस्थामा निर्णय गर्न सही सूचना र सबैको सहयोग आवश्यकता पर्ने बताए ।

देशको अर्थतन्त्रलाई लयमा ल्याउने प्रयास गरिरहेको बताउँदै उनले पत्रकार, बैंकिङ र निजी क्षेत्रबाट पनि सहयोगको अपेक्षा रहेको बताए ।

Advertisement

प्रतिक्रिया