ल्हासा–केरुङ–काठमाडौँ–लुम्बिनी रेलमार्ग निर्माणमा जोड
काठमाडौँ असोज ३, चीन भ्रमणमा रहनुभएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख सोङ ताओबीच मङ्गलबार राति भेटवार्ता भएको छ ।
भेटमा अध्यक्ष दाहालले चिनियाँ कम्युनिष्ट पार्टीको महाधिवेशनले नयाँ सि चीनफिङ विचारको विकास गरी चीनलाई नयाँ उचाइमा उठाएकोमा खुशी व्यक्त गर्नुभएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ । सो क्रममा पूर्वप्रधानमन्त्री दाहालले आफ्नो दुवै प्रधानमन्त्रीत्वकालमा भएका चीन भ्रमण र ती भ्रमणका क्रममा भएका छलफल र समझदारीको स्मरण गर्दै ल्हासा–केरुङ–काठमाडौँ–लुम्बिनी रेलमार्ग निर्माणमा विशेष जोड दिनुभएको थियो । उक्त अवसरमा उहाँहरूबीच ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ विषयमा छलफल भएको र अध्यक्ष दाहाल आफैँले उक्त प्रस्तावमा समर्थन जनाउँदै हस्ताक्षर गरेको बताउनुभएको थियो ।
भेटमा अध्यक्ष दाहालले भन्नुभयो, “पार्टीका अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको उपलब्धिमूलक चीन भ्रमण, भर्खरै नेपाल सरकार र चीन सरकारबीच भएको ‘ट्रान्सपोर्ट एण्ड ट्रान्जिट’ सम्झौताले दूरगामी महत्व राख्दछ । चार वटा बन्दरगाह नेपालले प्रयोग गर्न पाउनु ठूलो निर्णय हो ।” उहाँले नेपाल कम्युनिष्ट पार्टी र चिनियाँ कम्युनिष्ट पार्टीबीचको सम्बन्धलाई अझै सुदृढ गर्ने र नेपाल सरकार र चिनियाँ सरकारबीच भएका सम्झौता, समझदारीलाई कार्यान्वयन गराउने आफ्नो भ्रमणको उद्देश्य भएको बताउनुभयो । भेटका अवसरमा विदेश विभाग प्रमुख ताओले चीन र नेपाल तथा चिनियाँ कम्युनिष्ट पार्टी र नेपाल कम्युनिष्ट पार्टीबीचको सम्बन्ध विकासमा अध्यक्ष दाहालको योगदानको प्रशंसा गर्दै धन्यवाद दिनुभएको थियो ।
समझदारी र सम्झौताको शीघ्र कार्यान्वयनका साथै नेपालको आर्थिक समृद्धिका लागि चिनियाँ कम्युनिष्ट पार्टी र सरकार मद्दतको निम्ति तयार रहेको उहाँको भनाइ थियो । विदेश विभाग प्रमुख ताओले भन्नुभयो, “तातोपानी नाका खोल्न मर्मतको काम भइरहेको छ र चिनियाँ रेल विभागले रेलमार्गका लागि अध्ययन गरिरहेको छ ।” चिनियाँ क्रान्तिको ऐतिहासिक नगरी येनान हुँदै नान्जिङ पुग्नुभएका अध्यक्ष प्रचण्डलाई प्रमुख ताओले स्वागत गर्नुभएको थियो । अध्यक्ष दाहाल चार दिने चीन भ्रमण पूरा गरी आज साँझ स्वदेश फर्कने कार्यक्रम रहेको उहाँको सचिवालयले जनाएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया