माछापुच्छ्रे बैंकले १४ प्रतिशत लाभान्स दिने

विदुर खबर २०८० भदौ १३ गते १०:४१

नुवाकोट । माछापुच्छ्रे बैंकले आर्थिक वर्ष २०७९/८० मा १४ प्रतिशत लाभान्स दिने भएको छ ।

Advertisement

आज बिहान बसेको बैंकको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को लाभांश प्रस्ताव गरेको हो ।

जस अनुसार बैंकले हाल कायम चुक्ता पुँजीको १३.३० प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.७० प्रतिशत नगद गरि कुल १४ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ ।

Advertisement

नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।

प्रतिक्रिया