भोले गणेश सेक्युरिटिजको निशुल्क टेक्निकल क्लास संचालनमा

विदुर खबर २०८० भदौ १२ गते १२:५८

नुवाकोट । भोले गणेश सेक्युरिटिज लिमिटेड ब्रोकर नम्बर ६१ को विधिगत रुपमा उद्घाटन गरिएको छ ।

Advertisement

अनामनगरको कार्की भवनमा अवस्थित कम्पनीको कार्यालयमा पुजापाठ गरी विधिगत रुपमा उद्घाटन गरिएको हो । उद्घाटनको समारोहमा सेयर लगानीकर्ताको बाक्लो उपस्थिति रहेको थियो ।

नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएसँगै भोले गणेश सेक्युरिटीज (ब्रोकर नम्बर ६१ं) एक महिनाअघि देखि औपचारिक रुपमा भने संचालन आइसकेको छ । भोले गणेश सेक्युरिटिजले कार्यलयमा सेयर कारोबार गर्न आउने लगानीकर्तालाई निशुल्क दैनिक बेलुका ४ देखि ५ बजेसम्म प्राविधिक विश्लेषण क्लास संचालन गर्दै आएको सेयर लगानीकर्ता एवम् कम्पनीका मुख्य लगानीकर्ता दुर्गा तिवारीले जानकारी दिईन ।

Advertisement

भोले गणेश सेक्युरिटिज (ब्रोकर नम्बर ६१ं) ले औपचारिक संचालन आएको अवसरमा १ हजार ६१ जना सेवाग्राहीलाई निःशुल्क विभिन्न सेवा दिने घोषणा गरेको छ ।

कम्पनीले निशुल्क डिम्याट खाता, निशुल्क अनलाइन मेरो सेयर खाता, निशुल्क ब्रोकर खाता र निशुल्क अनलाइन टिएमएस खाता खोलि दिने अफर ल्याएको छ ।

Advertisement

प्रतिक्रिया