मनकामना इन्जिनियरिङ हाइड्रोपावरको आइपिओ बाँडफाँट

विदुर खबर २०८० भदौ ४ गते ९:०३

नुवाकोट । मनकामना इन्जिनियरिङ हाइड्रोपावर लिमिटेडको प्राथमिक शेयर बाँडफाँट भएको छ। बिक्री प्रबन्धक बिओके क्यापिटलले बाँडफाँट गरेको हो।

Advertisement

आइतबार भएको बाँडफाँटमा दुई लाख २७ हजार ६ सय ६२ जनाले १० कित्ताको दरले शेयर पाएका छन्। उनीहरूलाई गोलाप्रथाबाट शेयर बाँडफाँट गरिएको हो।

माग भन्दा बढी आवेदन आएका कारण गोलाप्रथाबाट शेयर बाँडफाँट भएको हो। बाँकी आवेदकको हात खाली भएको छ।

Advertisement

निष्कासनमा १३ लाख ११ हजार ५ सय १७ जना योग्य आवेदकलाई गोला प्रथामा सहभागी गराइएको थियो। १३ लाख १६ हजार ५ सय २९ जनाको आवेदन दिएका थिए। बाँकी आवेदन रद्द भएका छन्।

प्रतिक्रिया