संविधान दिवसमा लोकतन्त्र मेला

विदुर खबर २०७५ असोज २ गते ११:५६

नुवाकोट असोज २, संविधान जारी भएको ४ वर्ष पुगेको अवसरमा काठमाडौंमा लोकतन्त्र मेला आयोजना हुने भएको छ।

संघीय संसदको विधायन व्यवस्थापन समितिको आयोजनामा संविधान जारी भएको अवसर पारेर तीन दिनसम्म लोकतन्त्र मेला हुने समितिका सभापति पर्शुराम गुरुङले जानकारी दिए।

असोज ४, ५ र ६ गते मेला हुने समितिले जानकारी पत्रकार सम्मेलन गर्दै उनले जानकारी गराए। असोज ४ गते दिउँसो २ बजे प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महरा र राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले मेलाको उद्घाटन गर्नेछन्। सोही अवसरमा एक सय जना युवाले रक्तदान गर्ने कार्यक्रम समेत रहेको समितिले जनाएको छ।मेलामा राजनीतिक दलका स्टल रहने जानकारी दिइएको छ। मेलामा विभिन्न देशका १७ सांसद आउने तय भएको पनि गुरुङले जानकारी दिए।

Advertisement

प्रतिक्रिया