सानिमा जीआइसी इन्सुरेन्सको नाफा ९३.३६ प्रतिशतले बढ्यो
विदुर खबर
२०८० साउन ३१ गते १४:४७
नुवाकोट । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा सानिमा जीआइसी इन्सुरेन्सले २८ करोड १ लाख ८२ हजार रुपैयाँ नाफा कमाएको छ ।
यो नाफा अघिल्लो वर्षको भन्दा ९३.३६% ले धेरै हो । अघिल्लो वर्ष यसले १४ करोड ४९ लाख रुपैयाँ नाफा कमाएको थियो । यसअवधिमा कम्पनीले खुद बिमा शुल्क पनि १२६.४७% ले बढेर ६२ करोड ८८ लाख रुपैयाँ भएको छ ।
अघिल्लो वर्ष यसले २७ करोड ७६ लाख रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो । असार मसान्तसम्म आइपुग्दा इन्सुरेन्सले बिमा कोषको आकार पनि १५९.६०% ले बढेर ४२ करोड ६७ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसको बिमा कोषको आकार १६ करोड ४३ लाख रुपैयाँ रहेको थियो ।
हाल यसको चुक्ता पुँजी २ अर्ब रुपैयाँ रहेको छ । जगेडा कोषमा भने ३२ करोड ९४ लाख रुपैयाँ छ । यसको प्रतिसेयर आम्दानी १४ रुपैयाँ ०१ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ १३९ रुपैयाँ ६५ पैसा छ ।
सानिमा र जनरल इन्सुरेन्स एक आपसमा मर्ज भएर गत वर्षको कात्तिक ७ बाट जीआइसी इन्सुरेन्सको नामबाट एकीकृत कारोबार सुरु गरेका हुन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











पेट्रोलको मूल्य १५ रुपैयाँ बढ्यो
खेल विज्ञानको अनुशासन सदनमा उतार्ने जिम्मेवारीमा लामिछाने
रसुवामा आचार्य लगातार तेस्रोपटक अनुमोदित
एक हप्तामै बन्दैछ बालेन सरकार, पहिलो दिनदेखि नै नयाँ सन्देश
आजको मौसम : आज चार प्रदेशमा वर्षाको सम्भावना





प्रतिक्रिया