सार्वजनिक यातायातको भाडा बढ्यो

विदुर खबर २०८० साउन ३१ गते १४:३४

नुवाकोट । सरकारले सार्वजनिक सवारी साधनको भाडा फेरि बढाएको छ ।

Advertisement

इन्धनको बजार मूल्य बढेकाले साउन ३१ गतेदेखि लागु हुने गरी सार्वजनिक सवारी साधनको भाडा बढाइएको यातायात व्यवस्था विभागले जनाएको छ ।

विभागका अनुसार यात्रुवाहक सवारी साधनमा ४. ७० प्रतिशतले भाडा बढाइएको छ । पहाडी बाटोमा संचालन हुने मालवाहक सवारी साधनमा ६.१५ प्रतिशत र तराईको बाटोमा संचालन हुने मालवाहक सवारी साधनमा ६.८३ प्रतिशतले भाडा बढाइएको विभागले जारी गरेको सूचनामा उल्लेख छ ।

Advertisement

मंगलबार राती नेपाल आयल निगमको सञ्चालक समिति बैठकले डिजेल र मट्टितेलमा प्रतिलिटर १४ र पेट्रोल लिटरमा ५ रुपैयाँले बढाएर मूल्य समायोजन गरेको थियो ।

 

Advertisement

प्रतिक्रिया