पेट्राेलियम पदार्थकाे मूल्य वृद्धि फिर्ता नभए टिकट बुकिङ खोल्दैनाैं
विदुर खबर
२०७५ असोज २ गते ११:४६


काठमाडाैं- सरकारले असोज २ गते १२ बजेदेखि लागू हुने गरी वृद्धि गरेको पेट्रोलियम पदार्थको मूल्य फिर्ता नगरे दशैंका लागि अग्रिक टिकट बुकिङ नगर्ने चेतावनी नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले दिएको छ।
सरकार र व्यवसायीबीच भदौ ३१ गते असोज पाँच गतेबाट दशैंका लागि अग्रिम टिकट खुलाउने सहमति भएको थियो।
तर, सरकारले प्रतिलिटर पेट्रोलमा २ र डिजेल र मट्टितेलमा ३-३ रुपैयाँ मूल्यवृद्धि गरेको थियो। सरकारको मुल्य वृद्धि निर्णय २४ घन्टा भित्र फिर्ता नभए अग्रिम टिकट बुकिङ नगर्ने भन्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले विज्ञप्ती जारी गरेको छ।
सम्बन्धित
प्रतिक्रिया