बाम सरकारको जनतालाई फेरि अर्काे उपाहार, पेट्रोल र डिजेलमा मुल्यवृद्धि

विदुर खबर २०७५ असोज २ गते २:५३

Advertisement

नुवाकोट असोज २, बाम सरकारले जनतालाई पेट्रोलको मुल्यवृद्धि गरेर अर्काे उपाहार दिएको छ । दुई तिहाइले बनेको सरकारले जनताको दैनिक जनजीविकामाथि ध्यान पुराउनुपनृेमा सरकारले उल्टै लगातार पेट्रोलियम पदार्थको मुल्यवृद्धि गरिरहेको छ ।

 सोमबार मध्यरातदेखि लागू हुनेगरी प्रतिलिटर पेट्रोलमा २ र डिजेल तथा मट्टीतेलमा ३/३ रुपैयाँ मूल्यवृद्धि गरिएको नेपाल आयल निगमका प्रवक्ता विरेन्द्र गोइतले जानकारी दिए।मूल्य समायोजन भएसँगै अब प्रतिलिटर पेट्रोलको मूल्य एक सय १४ र डिजेल तथा मट्टीतेलको मूल्य समान १ सय १ रुपैयाँ पुगेको छ। खाना पकाउने एलपीजी ग्यास र हवाइ इन्धनको मूल्य भने यथावत राखिएको छ।

१५ दिनअघि मात्रै निगमले हवाइ इन्धनबाहेक सबै इन्धनको मूल्य बढाएको थियो।

प्रतिक्रिया