त्रिभुवन त्रिशुली माविमा ११ कक्षामा भर्ना हुनेको भिड लाग्यो
नुवाकोट । नुवाकोट, रसुवा र धादिङ जिल्लाकै पहिलो शैक्षिक संस्था त्रिभुवन त्रिशूली माध्यमिक विद्यालय नेपालमा जहानियाँ राणाशासन अन्त्य भएको वर्ष २००७ साल फागुन ७ गते स्थापना भएको थियो ।
विद्यालय स्थापनादेखि नै नुवाकोट, रसुवा र धादिब जिल्लाका विद्यार्थीलाई उच्च गणस्तरको शिक्षा प्रदान गर्दै आइरहेको छ ।
नमुना विद्यालयको शैक्षिक संस्थाको रूपमा परिचित यो विद्यालयको संस्थागत, भौतिक, तथा शैक्षिक गुणस्तरलाई अझ चुस्त–दुरुस्त बनाउँदै आमअभिभावकको मन जित्न सफल भइरहेको छ ।
शैक्षिक गुणस्तरलाई उच्च प्राथमिकता राख्नका लागि विद्यालयले विभिन्न शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । विद्यालयको शैक्षिक गतिविधिलाई मध्यनजर राख्दै आमअभिभावक तथा विद्यार्थीको मागबमोजिम विद्यालयले यातायातको सुविधालाई अहिले थप गरेको छ ।
विद्यालयले सञ्चालन गरेको विद्यालय बस विद्यालयको आन्तरिक सोतबाट सञ्चालन भइरहेको छ भने शैक्षिक सत्र ०८० का लागि भारतीय दूतावासमार्फत विद्यालयलाई अनुदानमा विद्यालय बस एक थान प्राप्त भएको जानकारी विद्यालयका सहायक प्रधानाध्यापक राजेन्द दवाडीले जानकारी गराएका छन् ।
विद्यालयले सञ्चालन गरेको बससेवा, बेलकोटगढी नगरपालिकाको महाँदेवफाट, काशीटारदेखि विदर नगरपालिकाको ु देवीघाट, पिपलटार, माझीटार, गँगटे, इनारपाटी, बट्टार हँदै विद्यालयसम्म पहिलो रुट र विदुर नगरपालिका– १३ को हुलाक घर, कागुने, डेउडी, अजिब्गरे हुँदैराईसिं, बगुवा, हात्तीगौँडा, प्लास्टर, दशमरे अक्करेबाट विद्यालयसम्म दोसो रुटमा बस सञ्चालन गरिरहेको छ ।
त्यसैगरी, लिखु गाउँपालिकाको ढिकरेबजारदेखि शेरा, गँगटे, बट्टार हँदै विद्यालयसम्म र तेस्रो रुटमा विशेष गरी कक्षा ११ मा भर्ना हन आउने लक्षित विद्यार्थीका लागि सञ्चालन गरिएको छ । अभिभावक तथा विद्यार्थीको मागको आधारमा समेत विद्यालयले यातायातको सविधालाई थप गर्दै न्यूनतम शुल्कमा बस सञ्चालन गर्ने नीति रहेको सहायक प्रधानाध्यापक राजेन्द दवाडीले बताए ।
नमुना विद्यालयको रूपमा सञ्चालित यस विद्यालयको शैक्षिक गुणस्तर उच्चस्थानमा रहेकै कारण हाल कक्षा ११ र १२ मा गरी आठ सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन् । विज्ञान, व्यवस्थापन तथा अन्य विषयमा अध्यापन गराइने यस विद्यालयले जिल्लामा नै उत्कृष्ट नतिजा ल्याई आमअभिभावक तथा शिक्षाप्रेमीको मन जित्न सफल भइरहेको छ ।
विद्यालयको शैक्षिक गुणस्तर बढाउन शिक्षक–शिक्षिका अहोरात्र खटिरहेको व्यवस्थापन समितिका अध्यक्ष नवीन्द्र प्रधानले बताए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













एमाले नेता खड्काद्धारा विद्यार्थीहरुलाई झोला वितरण
स्पेनको ‘बुलफाइट’ बिर्साउने नुवाकोटको गोरु जुधाइ
तादीमा जिल्ला स्तरीय वडा कप भलिबल प्रतियोगिता शुरु
नुवाकोटका गुभाजु पुनः नेपाली साझा मञ्च साउदीको अध्यक्ष चयन
आजदेखि सोलु हाइड्रोपावरको आईपीओमा आवेदन दिन सकिने





प्रतिक्रिया