त्रिभुवन त्रिशुली माविमा ११ कक्षामा भर्ना हुनेको भिड लाग्यो

नुवाकोट । नुवाकोट, रसुवा र धादिङ जिल्लाकै पहिलो शैक्षिक संस्था त्रिभुवन त्रिशूली माध्यमिक विद्यालय नेपालमा जहानियाँ राणाशासन अन्त्य भएको वर्ष २००७ साल फागुन ७ गते स्थापना भएको थियो ।
विद्यालय स्थापनादेखि नै नुवाकोट, रसुवा र धादिब जिल्लाका विद्यार्थीलाई उच्च गणस्तरको शिक्षा प्रदान गर्दै आइरहेको छ ।
नमुना विद्यालयको शैक्षिक संस्थाको रूपमा परिचित यो विद्यालयको संस्थागत, भौतिक, तथा शैक्षिक गुणस्तरलाई अझ चुस्त–दुरुस्त बनाउँदै आमअभिभावकको मन जित्न सफल भइरहेको छ ।
शैक्षिक गुणस्तरलाई उच्च प्राथमिकता राख्नका लागि विद्यालयले विभिन्न शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । विद्यालयको शैक्षिक गतिविधिलाई मध्यनजर राख्दै आमअभिभावक तथा विद्यार्थीको मागबमोजिम विद्यालयले यातायातको सुविधालाई अहिले थप गरेको छ ।
विद्यालयले सञ्चालन गरेको विद्यालय बस विद्यालयको आन्तरिक सोतबाट सञ्चालन भइरहेको छ भने शैक्षिक सत्र ०८० का लागि भारतीय दूतावासमार्फत विद्यालयलाई अनुदानमा विद्यालय बस एक थान प्राप्त भएको जानकारी विद्यालयका सहायक प्रधानाध्यापक राजेन्द दवाडीले जानकारी गराएका छन् ।
विद्यालयले सञ्चालन गरेको बससेवा, बेलकोटगढी नगरपालिकाको महाँदेवफाट, काशीटारदेखि विदर नगरपालिकाको ु देवीघाट, पिपलटार, माझीटार, गँगटे, इनारपाटी, बट्टार हँदै विद्यालयसम्म पहिलो रुट र विदुर नगरपालिका– १३ को हुलाक घर, कागुने, डेउडी, अजिब्गरे हुँदैराईसिं, बगुवा, हात्तीगौँडा, प्लास्टर, दशमरे अक्करेबाट विद्यालयसम्म दोसो रुटमा बस सञ्चालन गरिरहेको छ ।
त्यसैगरी, लिखु गाउँपालिकाको ढिकरेबजारदेखि शेरा, गँगटे, बट्टार हँदै विद्यालयसम्म र तेस्रो रुटमा विशेष गरी कक्षा ११ मा भर्ना हन आउने लक्षित विद्यार्थीका लागि सञ्चालन गरिएको छ । अभिभावक तथा विद्यार्थीको मागको आधारमा समेत विद्यालयले यातायातको सविधालाई थप गर्दै न्यूनतम शुल्कमा बस सञ्चालन गर्ने नीति रहेको सहायक प्रधानाध्यापक राजेन्द दवाडीले बताए ।
नमुना विद्यालयको रूपमा सञ्चालित यस विद्यालयको शैक्षिक गुणस्तर उच्चस्थानमा रहेकै कारण हाल कक्षा ११ र १२ मा गरी आठ सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन् । विज्ञान, व्यवस्थापन तथा अन्य विषयमा अध्यापन गराइने यस विद्यालयले जिल्लामा नै उत्कृष्ट नतिजा ल्याई आमअभिभावक तथा शिक्षाप्रेमीको मन जित्न सफल भइरहेको छ ।
विद्यालयको शैक्षिक गुणस्तर बढाउन शिक्षक–शिक्षिका अहोरात्र खटिरहेको व्यवस्थापन समितिका अध्यक्ष नवीन्द्र प्रधानले बताए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया