बुटवल पावर कम्पनीको नाफा घट्यो
नुवाकोट । गत आर्थिक वर्षको असार मसान्तसम्म बुटवल पावर कम्पनीको नाफा २.४८ प्रतिशतले घटेर २६ करोड ७३ लाख २९ हजार रुपैयाँ पुगेको छ ।
अघिल्लो आवको सोही अवधिको तुलनामा २७ करोड ४१ लाख ५० हजार रुपैयाँ रहेको थियो । कम्पनीको विद्युत व्यापारबाट हुने आम्दानी घटेसँगै नाफा पनि घटेको छ ।
अघिल्लो वर्षको असार मसान्तमा कम्पनीले विद्युत बिक्री गरेर ७७ करोड ५० लाख ४९ हजार रुपैयाँ आम्दानी गरेको थियो । गत आवको सोही अवधिमा विद्युत बिक्री गरेर हुने आय ६.५३ प्रतिशतले घटेर ७२ करोड ४४ लाख १७ हजार रुपैयाँ रहेको छ ।कम्पनीको अन्य आम्दानी ८ करोड ४ लाख २३ हजार रुपैयाँ पुगेको छ ।
अघिल्लो आवको सोही अवधिमा ४ करोड २९ हजार रुपैयाँ रहेको थियो । कम्पनीको सेयर पुँजी ३ अर्ब ४० करोड ९० लाख ६५ हजार रुपैयाँ रहेको छ ।
असार मसान्तसम्म कम्पनीको प्रतिसेयर आम्दानी ७ रुपैयाँ ८४ पैसा रहेको छ । प्रतिसेयर नेटवर्थ २०५ रुपैयाँ १० पैसा छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













गायिका नितु पौडेलको पशुपति आर्यघाटमा अन्त्येष्टि
किस्पाङका घलेको लेक लागेर मृत्यु
स्वयम्भूबाट ७० लाख नगद र सुनका गहनासहित दुई जना पक्राउ
भारतमा कृत्रिम वर्षाका लागि क्लाउड सिडिङ
काठमाडौँ–केरुङ रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययन अन्तिम चरणमा





प्रतिक्रिया