अपर तामाकोशीको शेयर मूल्य समायोजन
नुवाकोट । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको शेयर मूल्य समायोजन भएको छ । कम्पनीको शत प्रतिशत हकप्रदमा मुल्य समायोजन भएको हो ।
समायोजनपछि कम्पनीको शेयर मूल्य प्रति कित्ता २४३ रुपैयाँ ५ पैसा कायम भएको छ । समायोजन अघि कम्पनीको शेयर मूल्य ३८६ रुपैयाँ १० पैसा थियो ।
कम्पनीले हकप्रद निष्काशनको लागि साउन २६ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज साउन २५ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको हकप्रदमा आवेदन दिन सक्ने छन् । आज साउन २५ गतेको कारोबार समय सकिएपछि कम्पनीको मूल्य समायोजन भएको हो।
अपर तामाकोशीले १:१ को अनुपातमा अर्थात १ कित्ता शेयर बराबर १ कित्ता शेयरका दरले शतप्रतिशत हकप्रद जारी गर्न लागेको हो । कम्पनीले प्रति शेयर १०० रुपैयाँको दरले हुने दश अर्ब उनान्साठ्ठी करोड रुपैयाँ बराबरको १० करोड ५९ लाख कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











महिलाहरुलाई जीविकोपार्जनको लागि तालिमसहित निशुल्क कुखुराको चल्ला वितरण
नौबिसे–धार्के सडकखण्ड पिच भयो
रास्वपा बागमती प्रदेश सभापतिमा अर्याल निर्वाचित
‘आइएम जितबहादुर’ प्रचारको लागि जितु नेपाल नुवाकोट आए
नुवाकोटमा झुन्डिएको अवस्थामा फेला परेकी सशस्त्र प्रहरीकी जवानकाे मृत्यु





प्रतिक्रिया