कांग्रेस सांसद सुनिल शर्मा काठमाडौंबाट पक्राउ
विदुर खबर
२०८० साउन २५ गते १७:४३
नुवाकोट । नेपाली कांग्रेसका सांसद डा सुनिल शर्मा पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)को टोलीले सांसद शर्मालाई पक्राउ गरेको हो।
शर्माले साउन ३ गते बरामद भएको सुन प्रकरणमा गृहमन्त्री र अर्थमन्त्रीको विरोध गर्दै आएका थिए। तत्काल दुई मन्त्रीले राजीनामा दिनुपर्ने उनको माग थियो।
शर्मालाई आज काठमाडौंको गोल्फुटारबाट प्रहरीले पक्राउ गरेको हो। उनलाई नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा नियन्त्रणमा लिइएको प्रहरी स्रोतले जनाएको छ।
मोरङ क्षेत्र नम्बर ४ बाट निर्वाचित शर्मा विराटनगरस्थित नोबेल मेडिकल कलेज र काठमाडौं मेडिकल कलेजका सञ्चालकसमेत हुन्।
अहिले संसद अधिवेशन चलिरहेको छ। बहालवाला संसदलाई पक्राउ गर्नु पूर्व सभामुखलाई जानकारी गराउनु पर्ने कानुनी प्रावधान छ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














बागमतीका मुख्यमन्त्री थापाले आज विश्वासको मत लिँदै
त्रिशूली सामुदायिक र नेसनल बेथेलद्वारा ऐतिहासिक भैरवी मन्दिर परिसरमा सरसफाइ
रास्वपा नुवाकोटद्वारा ‘मिसन १२ पालिका’को पहिलो चरण सम्पन्न
विदुरमा दुई दिनदेखि खानेपानी ठप्प, आलोपालो प्रणालीबाट वितरण गरिने
पाँचौ एनयुएफसी अन्तर जिल्लास्तरीय फुटसल प्रतियोगिता सुरु





प्रतिक्रिया