नेपाली कांग्रेस नुवाकोटको विशेष आन्तरिक अभियान शुरु

विदुर खबर २०८० साउन २३ गते २१:०८

नुवाकोट । नेपाली कांग्रेस नुवाकोटको विशेष आन्तरिक अभियान शुरु भएको छ ।

Advertisement

शनिवार जिल्ला कार्य समितिको बैठकसँगै नेपाली कांग्रेस नुवाकोटको विशेष आन्तरिक अभियान शुरु भएको हो । केहि दिनअघि सम्पन्न भएको केन्द्रिय समितिको बैठकको निर्णय अनुसार नुवाकोटमा पनि विशेष अभियान शुरु भएको हो ।

जिल्ला समितिले बैठकले प्रतिनिधिसभा, प्रदेशसभा र पालिका स्तरमा आन्तरिक अभियानको लागि भन्दै प्रतिनिधिहरु खटाएको छ । जस अनुसार नुवाकोट क्षेत्र नम्बर १ मा जिल्ला उप–सभापति राजु थापा, क्षेत्र नम्बर २ मा अर्काे उप–सभापति सन्तामान तामाङलाई प्रतिनिधि खटाएको छ ।

Advertisement

यस्तै क्षेत्र नम्बर १ को प्रदेश क मा सहसचिव यादव नेपाल प्रदेश ख मा जिल्ला सचिव श्रीराम श्रेष्ठलाई खटाएको छ । त्यस्तै क्षेत्र नम्बर २ को प्रदेश क मा जिल्ला सचिव बैकुण्ठ मिश्र र प्रदेश ख मा सहसचिव उत्तम पाठकलाई प्रतिनिधि खटाएको छ ।

यस्तै आन्तरिक अभियानको लागि नुवाकोट कांग्रेसले पालिकास्तरमा समेत महासमिति सदस्य र महाधिवेशन प्रतिनिधिहरुलाई प्रतिनिधि तोकेको छ । बैठकले पन्चकन्या गाउँपालिकामा सरस्वती मल्ल श्रेष्ठ, शिवपुरीमा कल्पना नेपाली, तादीमा कृष्णवहादुर लामा, दुप्चेश्वरमा सुर्यवहादुर लामा, सुर्यगढीमा महेन्द्र थिङ र बेलकोटगढी नगरपालिकामा श्रीप्रसाद सापकोटा रहेका छन् ।

Advertisement

त्यस्तै विदुर नगरपालिकामा चोकराज शाक्य, किस्पाङमा रुकमणी सेढाई, म्यागङमा गीता अमात्य, ककनीमा शिवप्रसाद अधिकारी तारकेश्वरमा फैसिङ तामाङ र लिखुमा अर्जुन न्यौपानेलाई प्रतिनिधि खटाइएको नेपाली कांग्रेस नुवाकोटका जिल्ला सभापति रमेश कुमार महतले जानकारी दिए ।

आगामी साउन ३० गतेसम्म सम्पन्न हुने अभियानको लागि केन्द्रिय प्रतिनिधिका रुपमा गुरुप्रसाद बराल तथा प्रदेश प्रतिनिधिको रुपमा तिलकप्रसाद रुवाली, अन्जु सिंह चौधरी, भगवती कुमारी खड्का, राजिवराज पौडेल र इनद्रमान मर्हजन नुवाकोटमा खटिएका छन् ।

प्रतिक्रिया