गोलभेँडाको मूल्य एक्कासि बढ्यो

विदुर खबर २०८० साउन २२ गते ९:१०

नुवाकोट । पछिल्लो केही हप्तादेखि नेपाली बजारमा गोलभेडाको मूल्य बढेको छ ।

Advertisement

उत्पादनको कमी र भारत निर्यात भएको कारण गोलभेडाको मूल्य बढेको व्यवसायीहरुले बताएका छन्। एक महिना अगाडि मात्रै नेपाली किसानहरुले उत्पादन गरेको गोलभेडाले बजार मूल्य नपाउँदा सडकमा फाल्नु परेको थियो। तर, ठिक एक महिनापछि गोलभेडाको मूल्य एक्कासि माथि पुगेको व्यवसायीहरुले बताए। उनीहरुले पछिल्लो समय किसानहरुले उत्पादन गरेको गोलभेडा भारतमा समेत जान लागेकाले बजार मूल्य बढेको बताए।

व्यावसायिहरुले केही समय पहिला नेपाल उत्पादन उच्च रहेको भारतमा पनि नगएको र नेपाली बजारमा १० रुपैयाँमा पनि नबिकेको भन्दै सडकमा गोलभेडा फालिएको बताए। कालिमाटी फलफूल तथा तरकारी बजारकी गोलभेडा व्यापारी तारादेवी मगरले तरकारीको मूल्यमा उतारचढाव आउनुको कारण उत्पादन भएको बताइन्। उनले अघिल्लो वर्ष एउटा तरकारी धेरै खपत भयो भने अर्को वर्ष सबै किसानले एउटै तरकारी उत्पादन गर्नुको कारणले पनि यस्तो भएको बताइन्।

Advertisement

उनले पछिल्लो समय भारतमा बढी पानी परेर डुबान भएको कारण गोलभेडाको मूल्य उच्च रुपमा बढेको पनि बताइन्। एक महिना अघि नेपाली उत्पादन गोलभेडा फालाफाल हुँदा भारतमा समेत गएन तर अहिले नेपाली उत्पादन गोलभेडा करिब ७० प्रतिशत भारतमा गइरहेको उनको भनाइ छ ।

उनले नेपाली बजारमा गोलभेडाको कमी भएको अवस्थामा भारतमा गोलभेडा निर्यात गर्दा मूल्य वृद्धि भएको बताइन् । भारत नभएको भए ५० रुपैयाँ किलो भन्दा माथि जाने अवस्था नभएको उनको भनाइ छ।

Advertisement

उनले अघिल्लो वर्ष यही समयमा प्रति क्रेट २००० सम्म रहेकोमा अहिले टनेल भन्दा बाहिरको गोलभेडा २ हजार ५०० र टनेलभित्रको २ हजार ८०० प्रति क्रेट मूल्यमा बिक्रि भइरहेको बताइन्।

उनले भारतमा समेत २ हजार ८०० प्रति क्रेट गोलभेडा गइरहेको बताइन्। अहिले नेपाली बजारमा गोलभेडा किलो १४० रुपैयाँ रहेको उनले बताइन्। उनका अनुसार गोलभेडाको मूल्य एक महिनामा किलोमा १० रुपैयाँ बढेको छ।

नेपाली उत्पादन गोलभेडाँ करिब ७० प्रतिशत भारतमा गइरहेको अवस्था हो। त्यसकारण मूल्य वृद्धि भएको हो। भारत नभएको भए ५० रुपैयाँ किलो भन्दा माथि नजानु पर्ने हो। अघिल्लो वर्ष यही समयमा प्रति क्रेड २००० सम्म थियो। सडकमा गोलभेडा फाल्नु पर्ने भएकाले किसानहरुले उपचार नगरी हेल्चेक्राई गरे।

औषधी उपचार नगर्नाले उत्पादनमा कमी भयो। भारतमा गोलभेडा गइरहेको कारण नेपाली बजारमा १४० रुपैयाँ किलोसम्म भएको छ। अहिले टनेला भन्दा बाहिरको गोलभेडा २ हजार ५०० छ भने टनेलाभित्रको गोलभेडा २ हजार ८०० प्रति क्रेड मूल्य छ। भारतमा पनि टनेलाभित्रको गोलभेडा २ हजार ८०० प्रति क्रेड गइरहेको छ। तर यता बन्दाको मूल्य भने पौष देखि प्रतिकेजी १० रुपैयाँ भन्दा माथि गएको छैन। किसानले किलो२ रुपैयाँ पनि पाएको छैनन्।

गत वर्ष यो समयमा ७५ रुपैयाँ किलो थियो।’

प्रतिक्रिया