‘जनतासँग पार्टी अभियान’ चलाउँदै माओवादी

विदुर खबर २०८० साउन १७ गते १६:४४

नुवाकोट । प्रधानमन्त्री तथा नेकपा मावआवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘जनतासँग पार्टी’ अभियान नाम दिएर संगठन विस्तारको कार्यक्रम अघि सारेका छन्।

Advertisement

बुधबारदेखि सुरु केन्द्रीय समितिको चौथो पूर्ण बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्दै उनले पार्टीका सबै तहका नेताहरू जनताको घरदैलोमै बिताउने प्रस्ताव राखेका हुन्।

प्रचण्डको यो प्रस्ताव पदाधिकारी र स्थायी समितिको बैठकबाट पारित भएर अनुमोदनका लागि केन्द्रीय समितिमा पेस भएको हो।

Advertisement

‘जनतासँग पार्टी’ अभियान ३ महिनाको हुनेछ। सिंहदरबार, बालुवाटार, प्रदेश सदरमुकामदेखि सामान्य वडा र पालिकासम्मका नेता कार्यकर्तालाई यो अभियानमा जोड्ने योजना रहेको उनले बताए।

माओवादीले तीन महिने अभियान अन्तर्गत वडालाई आधार बनाएर प्रशिक्षण सञ्चालन गर्ने तथा सरकार र पार्टीप्रतिका गुनासो र सुझाव संकलन गर्ने जनाएको छ।

Advertisement

प्रतिक्रिया