विदुर नगरपालिकाले डेंगी रोकथामका लागि ‘खोज र नष्ट’ अभियान सञ्चालन गर्ने
नुवाकोट । विदुर नगरपालिकाले भोली मंगलबारबाट नगरपालिका भर डेंगु रोकथाम र नियन्त्रणका लागि विशेष अभियान सञ्चालन गर्ने भएको छ ।
आईतबार नगरपालिकाको बैठककक्षमा सम्पन्न डेंगु रोकथाम र नियन्त्रण सम्बन्धी सर्वपक्षिय बैठक एवं अन्तरक्रियामा नगर क्षेत्रका सबै पक्षको सहभागितामा बिशेष अभियान सञ्चालन गर्ने निर्णय गरिएको हो ।
त्यसक्रममा बिटर नगरपालिकाका प्रमुख राजन श्रेष्ठ र रभा बोगटीले डेंगु रोकथाम र लागि नगरपालिका आवश्यक सबै अवलम्बन गर्न तयार रहेको बताउँदै यो अभियानलाई सार्थक बनाउन समाजका सबै पक्षको ऐक्यबद्धता अपेक्षित रहेको धारणा व्यक्त गरे ।
नुवाकोटका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रमेश पण्डित, विदुर नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष रबिन्द्र नेपाल, वडा नम्बर ८ का वडा अध्यक्ष कमल श्रेष्ठ, वडा नम्बर १० का वडा अध्यक्ष गणेशकुमार र नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख पूर्णध्वज श्रेष्ठले डेंगु रोकथाम र नियन्त्रणका लागि अपनाईनुपर्ने रणनीतिहरूका बारेमा आ–आफ्नो धारणा व्यक्त गरेका थिए ।
कार्यक्रममा स्वास्थ्य कार्यालय नुवाकोटका फोकल पर्सन कृष्णप्रसाद रिजालले डेंगु रोकथाम र नियन्त्रणका लागि भए गरेका काम र जिल्लाको अवस्थाको बारेमा जानकारी दिएका थिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया