नुवाकोटमा तामाङ समुदायको जनसंख्या ४३ प्रतिशत

विदुर खबर २०८० साउन १२ गते १८:०४

नुवाकोट । राष्ट्रिय जनगणना २०७८ अनुसार नुवाकोटमा तामाङ समुदायको जनसंख्या साढे ४३ प्रतिशत पुगेको छ ।

Advertisement

तथ्याङ कार्यालयका नुवाकोटका अनुसार हाल नुवाकोटको जनंसंख्या २ लाख ६३ हजार ३ सय ९१ रहेको छ । जसमध्ये एकलाख ३४ हजार ३ सय ९३ जना महिला रहेका छन भने एक लाख २८ हजार ९ सय ९८ पुरुष रहेका छन् ।

जिल्लामा रहेको कुल जनसंख्यामध्ये सबैभन्दा बढी तामाङ समुदाय ४३.२१ प्रतिशत रहेका छन् । त्यस्तै ब्राह्मण समुदायका व्यक्तिहरु १७.१३ प्रतिशत र क्षेत्र समुदायका ११.९५ प्रतिशत रहेका छन् ।

Advertisement

यस्तै नेवार सुमदायका व्यक्तिहरु ७.७१ प्रतिशत रहेका छन् भने गुरुङ समुदायका व्यक्तिहरु एक दशमलव शुन्य एक प्रतिशत रहेका छन् ।

नुवाकोटमा रहेको कुल जनसंख्या मध्ये २.६ प्रतिशत अपाङ्गताका भएका व्यत्तिहरुको रहेको छ ।

Advertisement

 

प्रतिक्रिया