चेताङका पहिरो पिडितलाई प्रदेश ३ का उपसभामुख राधिका तामाङ र प्रतिनिधिसभाका सांसद हितबहादुर तामाङद्धारा राहात सामाग्री वितरण
नुवाकोट भदौ ३१, गत बुधबार दुप्चेश्वर गाउँपालिका वडा नम्बर १ घ्याङफेदी स्थित पहिरो गएर विस्थापित भएका चेताङ गाउँका पहिरो पीडितहरुलाई नेकपाका नेताहरुले राहत सामग्री बितरण गरेका छन् । ।
आज प्रदेश नम्बर ३ का उपसभामुख राधिका तामाङ र सांसद हितबहादुर तामाङको तर्फबाट राहत सामाग्री वितरण गरिएको हो । पहिरोबाट पूर्ण क्षेती भएको ११ घरपरिवारका लागि खाना पकाउने, खाने भाँडा सेट र सिरक, डसना, तकिया सहित ओड्ने ओछ्याउने सेट साँसद हितबहादुर तामाङ स्वयमले पीडित परिवारलाई हस्तान्तरण गर्नुभएको छ भने खाद्य सामग्रीहरु स्थानीय सरकार, प्रहरी र स्थानीय पार्टीका प्रतिनिधीहरुको रोहवरमा वितरण गर्ने गरी एकमुष्ठ रुपमा हस्तान्तरण गरिएको छ ।
चामाल २ हजार केजी, दाल १ सय ५० केजी, तेल ७६ लिटर, नुन सय केजी सांसद हितबहादुर तामाङ र उपसभामुख राधिका तामाङ स्वयमले उपलब्ध गराउनुभएको र चिउरा ८० केजी, दालमोड, कपडा र भाँडाकुडा अन्य सहयोगीहरुबाट संकलन गरिएको वितरण टोलीका सदस्य तथा नेकपाका युवा नेता डिवि तामाङले जानकारी दिनुभएको छ ।

हेलिकप्टरको भार क्षमताका कारण सबै खाद्यान्न एकैचोटी पहिरो पीडित समक्ष लैजान नसकी एयरपोर्टमै छाडिएको र केही समय पछि अन्य माध्यमबाट पठाउने तयारी गरिएको नेकपाका युवा नेता तामाङले बताउनुभएको छ । नेकपाका नेताहरुबाट नेपाली सेनाको हेलिकप्टर मार्फत पहिरोबाट बिस्थापति भएका पीडितहरु बसेको स्थान घ्यावरचौरमा पुगी पीडित परिबारलाई राहत बितरण गरिएको छ ।
यस्तै, पहिरो प्रभावित क्षेत्र अत्यन्तै दुर्गम भएको र बाढी पहिरोको कारण मोटर बाटोको असुविधाले गर्दा स्थानीय सरकार र जिल्ला प्रशासन कार्यालयबाट गरिने राहत र सेवा प्रवाहमा कठिनाई भइरहेकोले आफूहरुले तत्कालीन समस्या टार्न राहत बितरण गरिएको नेकपाका नेताहरुले बताएका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













नुवाकोटका गुभाजु पुनः नेपाली साझा मञ्च साउदीको अध्यक्ष चयन
आजदेखि सोलु हाइड्रोपावरको आईपीओमा आवेदन दिन सकिने
माघ पहिलो साता मेयर बालेनले राजीनामा दिने
कांग्रेसमा नयाँ नेतृत्व छान्दा पार्टी फुट्ने डर
देशभर पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा हुस्सु





प्रतिक्रिया