शेयर डिम्याट नगराए अपर तामाकोशीको हकप्रद नपाइने
नुवाकोट । अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले शेयर अभौतिकिकरण अर्थात् शेयर डिम्याट नगराएका शेयरधनीलाई शेयर डिम्याट गराउन आग्रह गरेको छ।
कर्मचारी संचयकोषमा रकम जम्मा गर्ने संचयकर्ता, कम्पनीमा ऋण दिने संस्थाका कर्मचारीहरु र आयोजना प्रभावितलाई भौतिक रुपमा शेयर प्रमाणपत्र वितरण गरिएको हुँदा आफ्नो शेयर डिम्याट गराउन कम्पनीले आग्रह गरेको हो ।
शेयर रजिष्ट्रार सनराईज क्यापिटल लिमिटेडबाट यथाशीघ्र शेयर प्रमाणपत्र संकलन गरी आफ्नो हितग्राही खाता (Demat Account) मा अभौतिकीकरण गर्न कम्पनीले आग्रह गरेको छ।
निकट भविष्यमा कम्पनीले १:१ (एक बराबर एक) का दरले हकप्रद निष्काशन गर्न लागेकोले हकप्रद शेयरको लागि आवेदन दिन समेत डिम्याट खाता खोली शेयर अभौतिकीकरण अनिवार्य रहेको कम्पनीले प्रष्ट पारेको छ ।
कम्पनीले डिम्याट खाता नभएका शेयरधनीहरुलाई समेत समयमै डिमयात खाता खोलि आफनो नामको शेयर अभौतिकिकरण गर्नका लागि अनुरोध गरेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












Breaking News कांग्रेस नेता एवं पूर्वमन्त्री दिपक खड्का पक्राउ
आजको मौसम : चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
नुवाकाेटमा बालेन्द्र र सुधनविरूद्ध नाराबाजी
सार्वजनिक प्रशासनमा दलीय ट्रेड युनियन खारेज गरिने
ओलीको रिहा माग्दै नुवाकाेटमा प्रदर्शन





प्रतिक्रिया