धादिङको मलेखुमा ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

विदुर खबर २०८० साउन ५ गते १६:५८
सांकेतिक तश्वीर ।

नुवाकोट ।  धादिङको  रोराङ गाउँपालिका-३ मलेखुमा  ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्‍यु भएको छ ।

Advertisement

काठमाडौबाट मुग्लिङतर्फ आउँदै गरेको ट्रक र  विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०२-०३७ प ७७३१ नम्बरको मोटरसाइकल ओभरटेक गर्ने क्रममा ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालकको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक (डीएसपी) सन्तु जैसवालले जानकारी दिए ।

डीएसपी जैसवालका अनुसार मोटरसाइकलको पछाडि सवार महिला घाइते भएकी छन् ।

Advertisement

घाइते महिलाको उपचारको लागि काठमाडौंको बी एण्ड बी अस्पतालमा लगिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया